१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वर्षाले नेपाल निराश

महिला ट्वान्टी–२० विश्वकप छनोट

काठमाडौं — नेपालले एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटमा सोमबार आयोजक थाइल्यान्डसँग १ अंकमै चित्त बुझाएको छ । वर्षाका कारण यी दुई टोलीबीचको खेल रद्द हुन पुग्यो ।

वर्षाले नेपाल निराश

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ९० रन बनायो । जवाफमा नेपालले ३.४ ओभरमा विनाक्षति १० रन बनाएको समयमा खेल वर्षाले बिथोलिएर
रद्द भयो ।

५ ओभरको खेल सम्भव भएको अवस्थामा विनाक्षति १४ रन बनाएको भए नेपाल विजयी हुन्थ्यो । दुबै टोलीले ५–५ ओभर नखेलेका कारण नतिजा ननिस्किएको हो ।

वर्षाले खेल रोकिनु अगाडि ज्योति पाण्डे ५ बलमा ४ र सीता रानामगर १७ बलमा ५ रन बनाई क्रिजमा थिए । यसअघि कप्तान रुबिना क्षेत्री र सरिता मगरले सुरुआतमा विकेट लिएपछि थाइल्यान्ड दबिएर खेल्न बाध्य भयो । रुबिनाले ओपनर सिरिन्तारालाई ५ तथा सीताले नाटाकन चान्टमलाई १८ र नाटाया बुचाथामलाई २ रनमा आउट गर्दा थाइल्यान्ड सातौं ओभरमा ३५–३ को स्थितिमा पुग्यो । सोही स्कोरमा नानापाट कोन्चारोइन्काई पहिलो बलमै रनआउट भइन् ।

रन आउट नै भएकी रत्नपोर्न पाडुङलेर्डले ५ रन बनाई । कप्तान सोर्नारिन टिपोचले २७ बलमा १७ रन बनाइन् । नारुमोल चाइवाईले ३७ बलमा २३ र चानिदा सुथिरिएङले १३ बलमा १३ रन बनाएपछि थाइल्यान्डको स्कोर हेर्न लायक बनेको थियो ।

नेपालले मंगलबार हङकङसँग खेल्नेछ । हङकङले सोमबारै मलेसियालाई ३५ रनले पराजित हरायो । हङकङले ७ विकेट गुमाई ७७ रन बनाएकामा मलेसिया १७ ओभरमा ४२ रनमा आउट भयो ।

यूएईले चीनलाई १६ रनले पराजित गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को इभेन्टमा पहिलो विजय हात पार्‍यो ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?