कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गजुरमुखीलाई तेस्रो स्थान

काठमाडौं — महेन्द्र स्मृति एकेडेमीलाई टाइब्रेकरमा हराउँदै गजुरमुखी स्कुलले कोका–कोला अन्तरस्कुल राष्ट्रिय फुटबलको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो ।

गजुरमुखीलाई तेस्रो स्थान

भरत चौधरीले २१ औं मिनेटमा महेन्द्र स्मृतिलाई अग्रता दिलाए पनि रोहन धितालको गोलमा गजुरमुखीले खेल बराबरी गर्‍यो । टाइब्रेकरमा गजुरमुखी ५–४ ले विजयी भयो । 

महिलातर्फ सिन्धुपाल्चोकको सेतीदेवी शारदा माविले प्रीति राईको निर्णायक गोलमा काठमाडौंको अमर इंग्लिस स्कुललाई १–० ले हरायो । शंकर सरस्वती मावि कैलालीले गत वर्षको विजेता टोली दुर्गा मावि, रौतहटलाई ३–२ ले पराजित गर्‍यो । विजेता टोलीका गोमा थापा, ईश्वरी रावल र रेखा रावलले गोल गरे । रौतहटबाट रश्मी कुमारी घिसिङ र सविता रानामगरले गोल गरे ।

स्याङजाको भुम्रे माविले छहारी शिक्षा सदनलाई ७–० ले हरायो । सुनीता कुनाल र उदय थापाले २–२ गोल गरे । थप गोल सरस्वती हमाल, दमन्ती पगेंनी र सपना लोप्चन (आत्मघाती) को नाममा रह्यो ।

 

प्रकाशित : मंसिर ५, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?