कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रहिनन् नोभोत्ना

एएफपी

प्राग — पूर्वविम्बल्डन विजेना याना नोभोत्नाको सोमबार निधन भएको छ । डब्लूटीएका अनुसार ४९ वर्षीया नोभोत्ना क्यान्सरपीडित थिइन् । सन् १९९८ मा उनले विम्बल्डन उपाधि जितेकी थिइन् । त्यसका लागि उनले फाइनलमा फ्रान्सकी नथाली टउजियटलाई हराएकी थिइन् ।

डब्लूटीएका अनुसार चेक गणतन्त्रको आफ्नो घरमा निधन हुँदा उनी परिवार सँगै थिइन् । नोभोत्नाले अरु दुई अवसरमा पनि विम्बल्डन फाइनल खेलिन् । सन् १९९३ मा उनी स्टेफी ग्राफ र १९९७ मा मार्टिना हिंगिससँग पराजित भएकी थिइन् । ग्राफविरुद्धको फाइनल गुमाएयता उनी कोर्टमै रोएकी थिइन् र त्यस क्षणको तस्बिर खुबै चर्चित बनेको थियो ।

उनले चारपल्ट विम्बल्डनको डबल्स उपाधि पनि हात पारिन् । सन् १९८९ र १९९० मा उनका साथी खेलाडी हेलेना सुकोभा थिइन् भने सन् १९९५ मा आरान्ता सान्चेज भिकोरियो र १९९८ मा हिंगिससँग यो उपलब्धि आत्मसात् गरेकी थिइन् । कोर्टमा ‘हेडब्यान्ड’ लगाएकी खेल्ने नोभोत्ना चारै ग्रान्ड स्लाममा डबल्सको उपाधि जित्न सफल रहिन् ।

सन् १९६८ अक्टोबर २ मा उनको जन्म भएको थियो । सन् १९८७ देखि १९९९ सम्म चलेको आफ्नो खेलजीवनका क्रममा उनले २४ सिंगल र ७६ डबल्स उपाधि जितिन् । यस्तै सन् १९९८ मा तत्कालीन चेकोस्लाभाकियाका लागि फेड कप पनि जितेकी थिइन् ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?