कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी फाइनलमा

अर्जुन राजवंशी

दमक — घरेलु समर्थक र मैदानमा झापा एघारलाई स्तब्ध बनाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सोमबार दोस्रो सताक्षी गोल्डकप फुटबलको फाइनल पुगेको छ ।

आर्मी फाइनलमा

आर्मीले पहिलो सेमिफाइनलमा झापालाई ३–० ले हरायो । जितसँगै आर्मीले कम्तीमा २ लाख ५० हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । १३ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

झापाका कप्तान योगेश गुरुङले पेनाल्टी बक्सनजिकै सन्तोष तामाङलाई फाउल गरेपछि आर्मीले फ्रि–किक पायो । सन्तोषको फ्रि–किकमा झापाका गोलकिपर किशोर गिरी अनमार्क हुँदा नवयुगले गोल गरे ।

नवयुगले ३६ औं मिनेटमा दोस्रो गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । उनले जर्ज प्रिन्स कार्कीको पासमा मैदानको मध्यभागबाट एक्लो प्रयासमा लगेको बलमा गोल गरेका हुन् । ७८ औं मिनेटमा आर्मीका बैकल्पिक खेलाडी दीप लामाले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले पदम तामाङको पासमा गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमै म्यान अफ द म्याच नवयुगले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १४ औं मिनेटमा जर्ज प्रिन्सले पनि लक्षित प्रहार गरेनन् । झापाका विशाल राईले ३७ औं मिनेटमा गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गर्दै जोगाए ।

७१ औं मिनेटमा नवयुगको प्रहार गोलरक्षक किशोरले पन्च गरेर बचाए । ८८ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट झापाका पूजन उपरकोटीेले गरेको प्रहार गोलरक्षक विकेशले जोगाए । मंगलबार आयोजक सतासीधाम र मनाङ मस्र्याङदी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रकाशित : मंसिर ५, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?