म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी

पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को खेलमा म्यानचेस्टर युनाइटेड एफसी बेसलसँग पराजित भएको छ ।

बुधबार बेसलको घरेलु मैदानमा युनाइटेड १-० ले हार्‍याे । माइकल लाङले ८८ औं मिनेटमा घरेलु टोलीको लागि गोल गर्दै जित पक्का गरे ।

म्यानचेस्टर युनाइटेडको हार

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को खेलमा म्यानचेस्टर युनाइटेड एफसी बेसलसँग पराजित भएको छ ।

बुधबार बेसलको घरेलु मैदानमा युनाइटेड १-० ले हार्‍याे । माइकल लाङले ८८ औं मिनेटमा घरेलु टोलीको लागि गोल गर्दै जित पक्का गरे ।

समूहको अर्को खेलमा सिएसकेए मस्कोले बेन्फिकालाई २-० ले पराजित गर्‍याे । उसका लागि जोर्जी सचेन्निकोभले सुरुआती अग्रता दिलाए । दोस्रो गोल बेन्फिकाको जार्डेलको आत्मघाती गोल रह्यो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको युनाइटेडको १२ अंक छ । दोस्रो स्थानमा रहेका बेसल र मस्कोको समान ९/९ अंक छ । अन्तिम चरणको खेलपछि मात्र दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित : मंसिर ७, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?