कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनिलको ह्याट्रिक

काठमाडौं — पूर्व क्षेत्रीय प्रहरी स्कुल र आइडल स्कुल मंगलबार १४ औं ललित–अम्बर डिपो कप फुटबलको सेमिफाइनल पुगेका छन् ।

प्रहरी स्कुलले पर्वत स्कुललाई टाइब्रेकरमा ३–१ र आइडलले नेपाल डीभीएम स्कुल इटहरीलाई ३–० ले हराए । आइडलका अनिल राईले ह्याट्रिक गरे । 

टाइम्स क्वाटरफाइनलमा
काठमाडौं (कास)– टाइम्स कलेज दोस्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबलको ब्वाइजतर्फ क्वाटरफाइनल पुगेको छ । मंगलबार टाइम्सले मेगा कलेजलाई ३९–१६ स्कोरले हरायो । विजेताका सुजन लिम्बूले १४ स्कोर गरे । आशिष बस्नेतले १७ स्कोरमा सीसीआरसीले जेभियर इन्टरनेसनललाई ६१–५० ले हरायो । मोर्गनले गोल्डेनगेटमाथि ५६–५५ को साँघुरो जित निकाल्दा नम सुनवारले १६ स्कोर गरे । गल्र्समा जेभियरले एसलाई ४८–१५ ले हरायो । जेभियरकी लक्ष्मी चौधरीले ११ स्कोर जोडिन् ।

सब्रिनालाई जुडोको सम्मान
काठमाडौं (कास)– नेपाल जुडो संघले विश्व जुडोकी पदकधारी अस्ट्रियाकी सब्रिना फिल्जमोसरलाई मंगलबार सम्मान गरेको छ । जुडो संघले सब्रिनालाई माउन्ट अमा दब्लम हिमाल आरोहण गरेकोमा सम्मान गरेको हो । सब्रिनाले शुक्रबार ६ हजार ८ सय १२ मिटर उचाइको अमा दब्लम ६ दिन लगाएर आरोहण गरेको बताइएको छ । 

एलए र जेभियर भिड्ने
काठमाडौं (कास)– आयोजक लिटिल एन्जल्स कलेज ‘ए’ र जेभियर कलेज दोस्रो एलए अन्तरकलेज खेलकुदको ब्वाइज बास्केटबलमा फाइनल पुगेका छन् । आयोजक ‘ए’ ले न्यु जेनिथलाई ६२–५६ र जेभियरले लिभरपुललाई ४४–३८ स्कोरले हराए । 

प्रकाशित : मंसिर १३, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?