कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

काँकडभिट्टा गोल्डकपको उपाधि उचाल्यो आर्मीले

पर्वत पोर्तेल

काँकडभिट्टा — विभागीय टोली नेपाल आर्मी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप च्याम्पियन बनेको छ । लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबको टाइव्रेकरमा ३–२ ले चुनौती समाप्त पार्दै आर्मीले झापामा दोस्रोसहित यो सिजनमै उपाधि ह्याट्रिक गरेको हो ।

काँकडभिट्टा गोल्डकपको उपाधि उचाल्यो आर्मीले

विभागीय टोली नेपाल आर्मी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप च्याम्पियन बनेको छ ।

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबको टाइव्रेकरमा ३–२ ले चुनौती समाप्त पार्दै आर्मीले झापामा दोस्रोसहित यो सिजनमै उपाधि ह्याट्रिक गरेको हो । सताक्षी गोल्डकप च्याम्पियन बनेको आर्मीले सातापछि मोफसलकै सर्वाधिक राशिको गोल्डकपमा जित दोहोऱ्याएको हो । आर्मीले यसैवर्ष वीरगन्जको विशाल मेमोरियल कपसमेत हात पारेको थियो ।

आर्मीले मनाङलाई बदला लिनबाट रोकेको छ । आर्मीले उपाधिसहित नगद ८ लाख १ हजार जित्यो । मनाङले ४ लाख १ हजार पायो । सताक्षी गोल्डकपमा पनि मनाङ टाइव्रेकरमै आर्मीसँग पराजित भएको थियो । स्थानीय काँकडभिट्टा मावि मैदानमा भएको रोमाञ्चक खेलमा आर्मीले जितका लागि निक्कै संघर्ष गर्नु परेको थियो । पहिलो हाफको २० मिनेटजति मनाङको कडा दबाब सामना गरेको आर्मी त्यसपछि अन्तिम समयसम्म मनाङविरुद्ध आक्रामक बन्यो । ‘सुरुआतमा सेट मिलाउन समस्या भयो’, आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने,‘पहिलो हाफको २०औं मिनेटपछि बल्ल लय समात्यौ ।’

प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रशिक्षकसहित ५ विधामा उपाधि जित्यो । नवीन न्यौपानेले उत्कृष्ट प्रशिक्षक बन्दै २० हजार जिते । त्यस्तै वेस्ट गोलरक्षकको उपाधि आर्मीकै विकेश कुथु भए । उनले २० हजार जिते । आर्मीका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता बन्दै २५ हजार जिते । वेस्ट फरवार्डको उपाधि आर्मीका कप्तान भरत खवास बने । उनले २० हजार पाए । आर्मीकै विकास खवासले फाइनल खेलको म्यान अफ दि म्याच बन्दै १० हजार पाए ।

प्लेयर्स अफ दि टुर्नामेन्ट बने मनाङका गोलरक्षक दिनेश थापा मगर । उनले ५१ हजार जिते । त्यस्तै मनाङका विशाल राईले उत्कृष्ट मीडफिल्ड बन्दै २० हजार पाए । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका भूषण लिम्बू वेस्ट डिफेन्स र सोही क्लबका मिलन राई राइजिङ प्लेयर बन्दै नगद २०/२० हजार जिते ।

विजेता तथा उपविजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित : मंसिर १५, २०७४ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?