२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अल्ट्राको नशा

भोजपुरका तीर्थबहादुर तामाङ एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनकुटा पुगेका थिए । उनी धनकुटा बहुमुखी क्याम्पसमा २०६२ सालतिर अध्ययन गरिरहेका थिए । त्यसैबेला धनकुटामा क्षेत्रीय खेलकुद भइरहेको थियो । उनले पहिलोपल्ट एथलेटिक्सको प्रतिस्पर्धा हेर्ने मौका पाएका थिए । ‘कुद्ने पनि खेल हुन्छ र भन्ने लाग्यो,’ उनले सुनाए, ‘कलेज पढ्दासम्म मलाई दौड्ने पनि खेल हो भन्ने थाहै थिएन ।’

अल्ट्राको नशा

सदावहार शक्ति

सदावहार शक्ति गौचनको ढल्कँदो उमेरसँग उनको खेल्ने क्षमतालाई दाँजेर शंका गर्ने धेरै छन् । उनीहरू आफ्नो प्रिय खेलाडीलाई प्रश्न गर्छन्— अझै कति खेल्नुहुन्छ ? शक्तिले नियमितजस्तो सामना गरिरहने प्रश्न हो यो, जसलाई उनी हाँसेरै टारिदिन्छन् । त्यही चम्किलो आभाले नै शक्ति अझै निरन्तर खेल्नेछन् भन्ने पुष्टि गरिरहेको हुन्छ ।

सदावहार शक्ति

ड्रिम २०२०

धेरै अर्थमा यो कथा खेलाडीको होइन, खेलाडीका आमाबुवाको हो । पक्कै पनि पटकथा टेनिस खेलाडी संरक्षणभूषण बज्राचार्यको वरीपरी घुम्ने छ । धेरैअघि सूर्यभूषण र रेणु भारतको पटियालामा एनआईएस कोर्स गर्न गएका थिए, जति बेला उनीहरू आफैं टेनिसका खेलाडी थिए ।

ड्रिम २०२०

ठूला टोलीलाई सहज

आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।

ठूला टोलीलाई सहज

आर्मी च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल च्याम्पियन बनेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङी क्लबलाई टाइव्रेकरमा ३–२ ले हराउँदै आर्मीले झापामा दोस्रोसहित यस सिजन उपाधिमा ह्याट्रिक गरेको हो ।

आर्मी च्याम्पियन

थ्री स्टारले अझै पाएन क्षतिपूर्ति

एएफसी कप प्ले–अफबाट वञ्चित गरिएकामा थ्री स्टार क्लबलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन तोकिएको समय नाघे पनि उसलाई शुक्रबारसम्म अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुनै रकम दिएको छैन ।

थ्री स्टारले अझै पाएन क्षतिपूर्ति

क्यानको सदस्यता खारेज हुने खतरा

विश्व क्रिकेट संघको सर्वोच्च निकायबाट नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता खारेज हुने खतरा बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसअघि नै निलम्बित क्यानको विवादलाई निकास दिन समयसीमा तोकेपछि नेपाली क्रिकेट यो स्थितिमा पुगेको हो ।

क्यानको सदस्यता खारेज हुने खतरा

अमेरिकासँग नेपालको कमजोर ब्याटिङ

यूएईसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलपूर्वको अभ्यास खेलमा नेपालले अमेरिकासँग ५ विकेटको हार भोगेको छ । यूएईको अबुधाबीमा टस हारेर ब्याटिङ गरेको नेपाल ३६.१ ओभरमा ८९ रनमै अलआउट भयो ।

अमेरिकासँग नेपालको कमजोर ब्याटिङ

टेबलटेनिस टोली जापान जाने

एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाने भएको छ । डिसेम्बर ७ देखि १० सम्म हुने स्पर्धामा सुदील शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरूले ४० वर्षमाथि खेल्नेछन् ।