कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपोलीमाथि युभेन्ट्सको जित

एएफपी

नेपल्स — गोन्जालो हिगुएनले आफ्नै पूर्व क्लबमाथि निर्णायक गोल गरेपछि इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार राति नेपोलीलाई १–० ले हराएको छ ।

नेपोलीमाथि युभेन्ट्सको जित

अर्जेन्टिनी २९ वर्षीय फरवार्डले पउल ड्याबलको पासमा १२ औं मिनेटमा खेलको एक मात्र गोल गरे । 

यस हारपछि लिगमा नेपोलीको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ । यस्तै युभेन्ट्सले शीर्ष स्थानमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ । हिगुएन यसै साता मात्र सामान्य शल्यक्रियाबाट गुज्रेको हुँदा उनले खेल्नमा शंका गरिएको थियो । 

जितपछि युभेन्ट्सको १५ खेलबाट ३७ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानमा नेपोलीको ३८ अंक छ । शुक्रबारकै अर्को खेलमा एएस रोमाले स्पाल २०१३ लाई ३–१ ले हरायो । रोमा ३४ अंकमा चौथो स्थानमा छ । 

प्रकाशित : मंसिर १६, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?