दीक्षासँग नविता पराजित

ठमेल ओपन टेबलटेनिस

काठमाडौं — इम्प्याक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगलतर्फ समूह ‘ए’ बाट आर्मीकी दीक्षा तामाङ, प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र एपीएफ क्लबकी सिक्का सुवाल शीर्ष तीनस्थानभित्र रहँदै सुपर लिगमा पुगेका छन् ।

दीक्षासँग नविता पराजित


६ खेलाडी सहभागी यो समूहमा दीक्षाले शतप्रतिशत जित निकालिन् । नविताले ४ जित र १ हार सामना गरिन् । सोमबारै दीक्षाले नवितालाई ३–१ को सेटमा हराएकी थिइन् ।
समूह ‘बी’ बाट एपीएफकी सेलिशा खड्गी, आर्मीकी रविना महर्जन र प्रहरीकी सोनु थापामगर तथा समूह ‘सी’ बाट आर्मीकी स्वेच्छा नेम्वाङ, प्रहरीकी एलिना महर्जन र प्रहरीकी यशस्वी सुवाल सुपर लिगलाई छानिए ।
पुरुष सिंगलतर्फ समूह ‘ए’ बाट एपीएफका विलोश श्रेष्ठ र प्रहरीका विनेश खनिया, समूह ‘बी’ बाट एपीएफका शिवसुन्दर गोथे र आर्मीका चन्दन शाही तथा समूह ‘सी’ बाट एपीएफका अमरलाल मल्ल र आर्मीका नारायण घिमिरे सुपर लिगमा स्थान बनाउन सफल भए । समूह ‘डी’ बाट एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका, समूह ‘ई’ बाट राष्ट्रिय च्याम्पियन प्रहरीका स्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापामगर तथा समूह ‘एफ’ बाट प्रहरीका दीप साउन र भक्तपुरका राजीव चिकन्बन्जारले सुपर खेल्ने भएका छन् ।

प्रकाशित : मंसिर १९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?