कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदूषणसँग जुध्दै श्रीलंका

एएफपी

नयाँ दिल्ली — जितका लागि ४ सय १० रनको ठूलो स्कोर पछयाइरहेको श्रीलंका मंगलबार तीन विकेट गुमाएर ३१ रनको खराब स्थितिमा पुगेको छ । तर तेस्रो टेस्टमा चर्चाका विषय फेरि एकपल्ट प्रदूषण नै रह्यो । पाहुना टोलीका बलरले मैदानमा बान्ता गरेको दृश्य पनि देखिएको थियो ।

प्रदूषणसँग जुध्दै श्रीलंका

बायाँहाते स्पिनर रवीन्द्र जडेजाले एकै ओभरमा दुई विकेट लिएपछि पाहुना टिम कमजोर स्थितिमा पुगेको हो । अब उसलाई हारबाट जोगिन अन्तिम पूरा दिन संघर्ष गर्नुपर्नेछ ।

श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा शट् प्रहार गर्दै भारतीय शिखर धवन ।  तस्बिर : रोयटर्स

श्रीलंकाका लागि धनन्जय डी सिल्भा १३ र एन्जोलो म्याथ्युज शून्यमा खेलिरहेका छन् । फिरोज साह कोटला मैदानमा खराब प्रकाशका कारण दिनको खेल फेरि एकपल्ट चाँडै टुंग्याउनुपरेको थियो । तीव्र गतिका बलर मोहम्मद सामीले श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान सदिरा समरविक्रमलाई आउट पारे । तर त्यही ओभरको बीचमा बान्ता गरेका थिए । उनले ओभर पूरा गरे पनि त्यसयता खेल जारी राख्न सकेनन् । मैदान छाड्न बाध्य रहे ।
बिहानी सत्रमा श्रीलंकाली पेसम्यान सुरङगा लकमल पनि दुईपल्ट चर्को प्रदूषणको सिकार बने । उनले १४ ओभर बलिङ गर्दै एक विकेट लिए र मैदान छाड्न बाध्य रहे । उनले बान्ता गरेयता त्यसलाई छोप्न ग्राउन्डसम्यान तुरुन्तै मैदानमा छिरे र बालुवाले छोपे । यस्तोमा चौथो दिनको पूरा खेलको केन्द्रविन्दु प्रदूषण नै रह्यो । स्टेडियममा रहेका चिकित्सकले तीन श्रीलंकाली खेलाडीको परीक्षण गरेयता स्थिति नियन्त्रणमै रहेको बताएका थिए ।
यसअघि विराट कोहलीले ५० रन बनाए । उनीसँगै रोहित शर्माले पनि आफ्नो अर्धशतक पूरा गरेयता भारतको दोस्रो इनिङ्स समाप्तिको घोषणा गरे । त्यति बेला भारत ५ विकेट गुमाएर २ सय ४६ रनको स्थितिमा थियो । पाहुना टिमलाई चुनौतीपूर्ण लक्ष्य तयार पार्न भारत सफल रहेको थियो । सन् २००३ यता कुनै पनि टिमले ४ सय १० रन पछयाएको थिएन । पछिल्लोपल्ट वेस्ट इन्डिजले ४ सय १८ रन पछयाएर अस्ट्ेरलियालाई हराएको थियो ।
भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले दोस्रो इनिङ्समा सर्वाधिक ६७ रन बनाए । ब्याट्सम्यानका लागि सहज देखिएको पिचमा लकमलसँगै लहिरू गामागे, दिलरुवान परेरा, लक्षण सान्दकन र धनन्जय डी सिल्लाले १–१ विकेट लिए । यसअघि श्रीलंका आफ्नो पहिलो इनिङ्समा ३ सय ७३ रन बनाएर अलआउट भएको थियो । त्यति बेला भारतलाई १ सय ६३ रनको अग्रता प्राप्त भएको थियो । भारतले पहिलो इनिङ्समा ७ विकेट गुमाएर ५ सय ३६ रन बनाएको थियो ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?