कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सातौं कतार ओपन गल्फ हुने

काठमाडौं — कतार एयरवेज ओपन गल्फको सातौं संस्करण यसै साता हुने भएको छ । गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार हुने प्रतियोगिताको सम्पेूर्ण प्रायाजन कतार एयरवेजले गर्नेछ । करिब ९० खेलाडी सहभागी रहने प्रतियोगितामा खुला, सिनियर, जुनियर र महिला विधा रहने प्रतियोगिता संयोजक दीपक आचार्यले बताए ।


३/४ स्टेबल फोर्ड फम्र्याटमा खेलिने प्रतियोगिता विजेताले कतार एयरवेजले उडान भर्ने विश्वको कुनै पनि स्थानको हवाई टिकट प्राप्त गर्नेछन् । महिला र पुरुषतर्फ विजेता र उपविजेतासँगै ज्येष्ठ नागरिक, बेस्ट ग्रस, जुनियर यू–१७ विजेता, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन र मस्ट बर्डिज विजेतालाई पुरस्कृत गरिनेछ ।
कतार एयरवेजका कन्ट्री म्यानेजर जेपी नायरले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना रहेको हुँदा अन्य कार्यक्रम पनि गर्ने बताए । ‘नेपालको हावापानी वर्षभर खेलकुदका लागि उचित छ । नेपालमा खेल पर्यटन विकास गर्ने हाम्रो लामो समयदेखिको प्रयास हो । अब हामी व्यावसायिक गल्फमा पनि पाइला राख्ने जमर्को गर्दै छौं,’ उनले भने । उनले कतार एयरवेजले खेलकुदलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै फिफा विश्वकप लगायत बार्सिलोना फुटबल क्लब, कतार ओपन टेनिसजस्ता प्रतियोगितामा कम्पनीको सहभागिताबारे चर्चा गरे ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?