इंग्ल्यान्डलाई ब्युँताउँदै रुट

एएफपी

एडिलेड — कप्तान जो रुटको नेतृत्वमा इंग्ल्यान्डले एसेज क्रिकेटमा दोस्रो टेस्टको चौथो दिन अस्ट्रेलियाविरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । रुटले उत्कृष्ट इनिङ्स खेल्दै पाहुना टोलीलाई अन्तिम दिनको खेल बाँकी रहँदा राम्रो स्थितिमा पुर्‍याएका छन् ।

इंग्ल्यान्डलाई ब्युँताउँदै रुट

सुरुआती तीन दिन अस्ट्रेलियाले कब्जा जमाएको टेस्टको चौथो दिन इंग्ल्यान्डले राम्रो प्रदर्शन गर्‍यो । विशाल लक्ष्य पछयाइरहेको इंग्ल्यान्डका लागि कप्तान रुट अर्धशतक बनाएर अविजित छन् । इंग्ल्यान्डका समर्थकले पनि टोलीलाई राम्रो साथ दिइरहेका छन् । यता अघिल्लो दिन २ सय १५ अग्रता लिए पनि फलोअन नगराएका अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले आलोचना खेपिरहेका छन् । उनले चौथो दिन ३ बलअन्तरमा दुई रिभ्यू खेर फाले र अन्त्यतिर कठिन क्याच समाउन सकेनन् ।
दिनको खेल सकिँँदा इंग्ल्यान्ड १७६/४ को स्थितिमा छ । कप्तान रुट ६७ र नाइट वाचम्यान क्रिस वोक्स ५ रनमा खेलिरहेका छन् । अन्तिम दिन इंग्ल्यान्डलाई १ सय ७८ रन आवश्यक छ । टोलीको हातमा ६ विकेट बाँकी छ । सन् १९०२ मा अस्ट्रेलियाले इंग्ल्यान्डसामु प्रस्तुत गरेको ३१५/६ को योगफल 
एडिलेडमा चौथो इनिङ्सको सर्वाधिक ठूलो स्कोर हो । रुटलाई ३२ रनको स्थितिमा नथान लायनको बलमा अम्पायरले एल्बीडब्लू आउट दिए पनि रिभ्यू गर्दा उनको पक्षमा निर्णय आएको थियो । 
तेस्रो दिनको अन्तिम सत्रमा चार विकेट गुमाएको अस्ट्रेलियाको तुलनामा इंग्ल्यान्डले चौथो दिन राति २ विकेटमात्र गुमायो । जेम्स भिन्स १५ रन जोड्दै मिचेल स्टार्कको बलमा स्लिपमा समातिए । २९ रन जोडेका डेविड मालनले रुटसँग ७८ रनको साझेदारी गरे । उनी प्याट कमिन्सको बलमा बोल्ड भए ।
इंग्ल्यान्डले दुवै ओपनरलाई दोस्रो सत्रमै गुमाएको थियो । एलिस्टर कुक १६ रनमा छँदा लायनको बलमा रिभ्यू गर्दा एल्बीडब्लू आउट भए । मार्क स्टोनमनले ३६ रन जोड्दै मिचेल स्टार्कको बलमा उस्मान ख्वाजालाई गलीमा क्याच दिए । अस्ट्रेलिया ५८ ओभरमा १ सय ३८ रन जोड्दै अलआउट भएको हो । पहिलो इनिङ्सको २ सय १५ रनको अग्रताका कारण इंग्ल्यान्डले विशाल लक्ष्य पायो । इंग्ल्यान्डका लागि जेम्स एन्डरसनले ५ र क्रिस वोक्सले ४ विकेट लिए । अस्ट्रेलियाका उस्मान ख्वाजा र स्टार्कले समान २० रन बनाए ।
चौथो दिन ५३/४ को स्थितिबाट खेल्न थालेको अस्ट्रेलिया सुरुदेखि दबाबमा रह्यो । पहिलो सेसनमा दुई चौका प्रहार गरेका लायन १४ रनमा मिडअफमा क्याचआउट भए । ह्यान्डसकम्ब (१२) पनि स्लिपमा समातिए । त्यसपछि पहिलो इनिङ्समा उत्कृष्ट ब्याटिङ गरेका टिम पेन र शन मार्स पेभेलियन फर्किए । स्टार्क र जोस हेजलवुडको विकेटसँगै अस्ट्रेलियाको इनिङ्स सकियो ।

प्रकाशित : मंसिर २०, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?