म्यानचेस्टर र युभेन्ट्स अन्तिम १६ मा

एएफपी

पेरिस — म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेका छन् । बायर्न म्युनिखले भने पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि मीठो बदला लिन सफल रह्यो ।

म्यानचेस्टर र युभेन्ट्ससँगै एएस रोमा र बासेलले लिग चरणको अन्तिम खेल जितेर नकआउट चरण प्रवेश गरेका हुन् । तर सन् २०१४ र २०१६ को उप विजेता एटलेटिको म्याड्रिडका लागि भने दिन सुखद रहेन र प्रतियोगिताबाट बाहिरियो ।

जोसे मोउरिन्होको म्यानचेस्टरले ओल्ड ट्रायफोर्डमा सीएसकेए मस्कोलाई २–१ ले हरायो र सन् २०१३–१४ यता पहिलो पल्ट नकआउट चरण पुग्न सफल रह्यो । सीएसकेए युरोपा लिगमा झरेको छ ।

बासेलले भने बेनफिकालाई लिस्बनमा २–० ले हरायो र एक दशकयता पहिलो पल्ट अन्तिम १६ मा पुग्यो । गत सिजनको उप विजेता युभेन्ट्सले भने ओलम्पियोजलाई २–० ले पन्छायो । यसै समूहमा बार्सिलोनाले स्पोर्टिङ लिस्बनलाई २–० ले निराश पारेको थियो ।

बायर्नले पीएसजीलाई ३–१ ले हरायो र यसै समूहमा एन्डरलेटले सेल्टिकलाई १–० ले पराजित गर्‍यो । चेल्सीविरुद्धको खेलमा एटलेटिकोले १–१ को बराबरी खेलेपछि स्पेनी क्लब निराश हुनु परेको हो । रोमाले भने कोरबागमाथि १–० को जित निकाल्यो ।

प्रकाशित : मंसिर २०, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

हुन सक्ने काम गरिदेऊ

मंसिर २१ गते ४५ जिल्लाका लाखौ मतदाता भोट हाल्न लाम लाग्नेछन् । तर भोट कसलाई र किन हाल्ने भन्ने द्विविधामा छन्, उनीहरू । टिकट पाउने उम्मेदवारको अनुहार हेरेर वा व्यवहार हेरेर वा दलका घोषणापत्र हेरेर भोट दिने हो ? मतदाता रनभुल्लमा छन् ।

दलहरूले आम मतदातालाई फकाउन महत्त्वाकांक्षी घोषणापत्र जारी गरेका छन् । त्यसमा निकै मिठो र चिप्ला कुरा छन् । तर त्यो पूरा गर्लान् भनी कुनै पनि मतदाताले कल्पनासमेत गरेका छैनन् । यसभन्दा अघि पनि यस्ता घोषणापत्र जारी नभएका होइनन् । तर घोषणापत्रको १० प्रतिशत वाचा पनि पूरा नभएको यथार्थ हो । अन्यथा आम नेपालीले यति तितो वर्तमान भोग्नु पर्दैन थियो । जनताले आजसम्म न राम्रो खानेपानी पाए, नत राम्रो बाटोघाटो । न राम्रो नेता पाए, नत राम्रो नीति । ‘जुन जोगीे आए पनि कानै चिरेको’ हँुदै नेपालीको विकास, आकांक्षा केवल कागजमा सीमित भएको छ । हामीलाई हावादारी ठूला योजना र गफ होइन, पूरा हुने खालका साना योजना चाहिएका छन् । ताकि प्रतिफल तत्काल पाइयोस् । 
हामीलाई समुद्रमा नेपाली झण्डा गाडिएको जहाज होइन, जोरपाटीदेखि गौशालासम्मको सडक राम्रो पारिदिए पुग्छ । कोटेश्वर र चावहिलको जाम हटाइदिए पुग्छ । सहज तरिकाले चालक अनुमति पाउने व्यवस्था गरिदिए पुग्छ । वैदेशिक रोजगारीमा जाँदा अनेक झन्मmट हटाइदिए पुग्छ । बेला–बेलामा बजार अनुगमन गरिदिए पुग्छ । बढदो महँगी रोकिदिए पुग्छ । जनतालाई २ छाक खाने रोजगारी सिर्जना गरिदिए पुग्छ । साना र गर्न सकिने कुुरा भने कहिले नगर्ने, जनतालाई रातदिन दु:ख–सास्ती दिइरहने तर घोषणापत्रमा केवल ठूलठूला कुरा राखेर आम जनतालाई मूर्ख बनाउने वा सपना देखाउने कामले जनताको विश्वास जित्न सकिँदैन ।
– गोपाल देवकोटा
गोकर्णेश्वर–८, जोरपाटी, काठमाडौं 

प्रकाशित : मंसिर २०, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्