रुसलाई शीतकालीन ओलम्पिकमा प्रतिबन्ध

एएफपी

लुसान — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आई‌ओसी)ले मंगलबार सन् २०१८ को शीतकालीन ओलम्पिकबाट रुसलाई प्रतिबन्ध लगाएको छ । सरकारबाट प्रायोजित डोपिङ कार्यक्रम चलाएको आरोपमा रुसमाथि यो प्रतिबन्ध लागेको हो । रुसमाथि यस कारवाहीका बावजुत दोष नलागेका खेलाडीले ओलम्पिक झन्डामुनि रहेर प्रतियोगितामा भाग लिन भने पाउने छन् ।

रुसलाई शीतकालीन ओलम्पिकमा प्रतिबन्ध

डोपिङ प्रकरणमा कुनै देशमाथि गरिएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो कारवाही हो । दक्षिण कोरियाको पेङचाङमा हुन लागेको शीतकालीन ओलम्पिक सुरु हुन ६५ दिन अगाडि रुसमाथि यो कारवाही भएको हो । आईसीसी अध्यक्ष थोमस बाचले रुसमाथि ओलम्पिक भावनामा चोट पुर्‍याएको हुँदा यस्तो कारवाही गर्नु परेको दाबी गरे । 

वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) र आईओसीको आफ्नै छानविनका क्रममा रुसले सरकारी प्रयोजनमै आफ्ना खेलाडीलाई प्रतिबन्धित औषधि प्रयोगका लागि कार्यक्रम चलाएको पाइएको थियो । सन् २०१४ मा सोचीमा भएको शीतकालीन ओलम्पिकका क्रममा रुसले डोपिङ कार्यक्रमलाई अझ अगाडि बढाएको थियो । 

प्रकाशित : मंसिर २०, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?