कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाल ७ विकेटले पराजित

काठमाडौं — नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङमा आएको नेपालले युएईको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङमा आएको नेपालले युएईको राजधानी अवुधावीस्थित शेख जायेद रंगशालामा ६ विकेट गुमाई २ सय २१ रन बनायो ।

नेपालबाट शरद भेषावकरले सर्वाधिक ८१ रन बनाए । च्याम्पियनसिपमा यो उनको उच्च स्कोर हो । त्यस्तै ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्का र सोमपाल कामीले समान २०, दीलिप नाथ १६, विनोद भण्डारी ४ र आरिफ शेख शुन्यमा आउट भए । वसन्त रेग्मी १४ रनमा नटआउट रहे ।

घुलाम सब्बरले नटआउट ८१ रन बनाएपछि युएईले ४५.५ ओभरमा लक्ष्य पुरा गर्यो । कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । नेपालबाट शरद र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

दोस्रो खेल शुक्रबार हुनेछ । विजयपछि पुछारमा रहेको युएई जितपछि ८ अंकसहित सातौं स्थानमा उक्लेको छ । नेपाल नौं अंकसहित छैटौं स्थानमा छ ।

यो पनि पढ्नुहोस् : पाँचौं हुने मौका

प्रकाशित : मंसिर २०, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?