मनमोहन दुहबी गोल्डकप यसै साता

इटहरी — दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता मंसिर २३ देखि हुने भएको छ । एलेभन एरोज क्लबले बर्सेनि प्रतियोगिता गर्दै आएको छ । अघिल्लो वर्षदेखि मनमोहन स्मृति प्रतिष्ठानले प्रायोजन गर्न थालेपछि मनमोहन दुहबी गोल्डकप भएको हो ।

मनमोहन दुहबी गोल्डकप यसै साता

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, रमपम झापा एघार, चर्च ब्वाइज काठमाडौं, मोरङ एघार, रूपन्देही एघार र आयोजक एलेभन एरोजको सहभागिता रहनेछ । विदेशीमा बंगलादेशको मिरपुर एकादशको क्लब सहभागी हुनेछ । 

विजेताले ४ लाख, उपविजेताले २ लाख नगद पुरस्कार जित्ने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५० हजार पाएका थिए ।

हरेक खेलका म्यान अफ द म्याचलाई ७ हजार दिइनेछ । म्यान अफ द सिरिजले २५ हजार र ६ विधाका उत्कृष्टलाई जनही १० रुपैयाँ प्रदान गरिने क्लबका महासचिब विपुल थापाले बताए । प्रतियोगिता गर्न ५० लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगिता संयोजक दिलीप राईका अनुसार मनमोहन स्मृति प्रतिष्ठानले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने छ ।

 

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?