१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एसियाली पारामा दुई खेलाडी

काठमाडौं — दुबईमा हुने एसियाली पारा युथ गेम्सका दुई फरक खेलमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । डिसेम्बर १४ मा हुने प्रतियोगितामा नेपालले टेबलटेनिस र हिलचियर पावर लिफ्टिङमा भाग लिनेछ ।

दुबईमा हुने एसियाली पारा युथ गेम्सका दुई फरक खेलमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् ।

डिसेम्बर १४ मा हुने प्रतियोगितामा नेपालले टेबलटेनिस र हिलचियर पावर लिफ्टिङमा भाग लिनेछ । टेबलटेनिसमा शिव थापा र पावर लिफ्टिङको ४० केजीमा रजनी राईले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपालका टेकबहादुर गुरुङ र दीपक केसी पनि उनीहरूसँगै बिहीबार दुबई जाने छन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?