१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिभरपुल र शाख्तार दोस्रो चरणमा, नेपोली बाहिरियो

एएफपी

पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै लिभरपुल र शाख्तारले दोस्रो चरणमा स्थान पक्का गरेका छन् । समूह 'इ' को खेलमा लिभरपुलले स्पार्टाक मस्कोलाई ७-० ले पराजित गर्‍यो ।

लिभरपुल र शाख्तार दोस्रो चरणमा, नेपोली बाहिरियो

उसको जितमा फिलिपे कोउटिन्होले ह्याट्रिक गर्दा साडियो मानेले दुई तथा रोबर्टो फिर्मिनो र मोहमद सलाहले १-१ गोल गरे । उक्त समुहको मारिबोर र सेभियाबिचको १-१ को बराबरीमा टुंगियो । सेभिया दोस्रो चरणमा पुग्दा स्पार्टाक युरोप लिगमा झर्‍यो ।

समूह 'एफ' मा म्यानचेस्टर सिटीलाई पहिलो हार चखाउने क्रममा शाख्तार डोनेस्कले २-१ को जित हात पार्‍यो। उसको जितमा बर्नार्ड र इस्माइलले गोल गरे । सिटीका सर्जियो अगुएरोले अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

समूह 'जी' मा एफसी पोर्टोले मोनाकोलाई ५-२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो। बेसिक्टासले आरबी लाइप्जिगलाई २-१ ले हरायो । समूह 'एच' मा रियलले बोरुसिया डर्टमुण्डलाई ३-२ ले पराजित गर्दा टोटेनहमले एपोएललाई ३-० ले पाखा लगायो ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?