३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कसले जित्ला ब्यालन डि'ओर?

सुबास हुमागाईं

काठमाडौं — विश्वको सर्वोत्कृष्ट खेलाडी बिहीबार फिफा ब्यालन डी'ओरको उपाधिबाट सम्मानित हुँदैछन् । विश्वभरका १ सय ७३ पत्रकारहरुको भोटका आधारमा आयोजक फ्रेन्च फुटबल म्यागजिनले यस प्रतिष्ठित पुरस्कार प्रदान गर्दैछ ।

कसले जित्ला ब्यालन डि'ओर?

यो उपाधिको ६२ औं संस्करण हो । यसअघिका केहि वर्ष फिफा र म्यागजिनले संयुक्त रुपमा पुरस्कार दिएपन गतवर्षदेखि फिफाले आफैं द बेस्ट नामक उपाधि दिन थालेको हो ।

पछिल्लो पटक सन् २००७ मा ब्राजिलियन मिडफिल्डर काकाले जितेयता क्रिस्टियानो रोनाल्डो र लिओनेल मसीले उपाधिमा वर्चस्व जमाएका छन् । मेसीले पाँच पटक जितेका छन् भने रोनाल्डोले चार पटक उपाधि आफ्नो नाम गरिसके । यसपटक पनि यिनै दुई मध्ये कुनै एकले उपाधि जित्ने आँकलन गरिएको छ । गत सिजन ला लिगा र च्याम्पियन्स लिग जितेका रोनाल्डोको सम्भावना बढी छ ।

उपाधि घोषणा नेपाली समयानुसार मध्यरातको १२:३० (शुक्रबार बिहान) बजे हुनेछ ।

३० खेलाडीको नामावली:
नेयमार, एन्गोलो कान्टे, लुका मोड्रीच, पाउलो डिबाला, मार्सेलो, एडिन जेको, ह्यारी केन, डेविड डे हेया, रोबर्ट लेवान्डोस्की, केभिन डे ब्रुएन, क्रिम बेन्जेमा, पिएर-एमेरिक औबामेयाङ, एडिन्सन कभानी, फिलिपे कोउटिन्हो, लुइस सुआरेज, यान ओब्लाक, सर्जियो रामोस, ड्रिज मर्टेन्स, रडामेल फाल्काओ, साडियो माने, जियानलुइजी बुफोन, एन्टोइन ग्रिज्मन, टोनी क्रुस, क्रिस्टियानो रोनाल्डो, इडेन हजार्ड, लिओनार्डो बोनुची, इस्को, लिओनेल मेसी, म्याट्स हमल्स, किलियन एम'बाप्पे

प्रकाशित : मंसिर २१, २०७४ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?