२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रोनाल्डोलाई बेलोन डे’ओर, मेसीसँग बराबर

एजेन्सी

यो वर्षको बेलोन डे’ओर अवार्ड क्रिष्टियानो रोनाल्डोले जितेका छन् । रोनाल्डोको यो पाँचौं बेलोन डे’ओर हो र योसँगै उनले बार्सिलोना स्टार लियोनल मेसीसँग बेलोन डे’ओरको बराबरी गरेका छन् ।

रोनाल्डोलाई बेलोन डे’ओर, मेसीसँग बराबर

रोनाल्डोले सन् २०१६–१७ सिजनमा ४२ गोल गरेका थिए भने आफ्नो क्लब रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘पुरकार लिन पाउँदा म निकै खुशी छु,’ रोनाल्डोले भने,‘यसका लागि म मेरा टिमका साथीहरुलाई धन्यवाद दिन्छु ।’

रोनाल्डोले अघिल्लो वर्ष पनि बेलोन डे’ओर जितेका थिए । योबाहेक उनले २००८, २०१३ र २०१४ मा यो अवार्ड जितेका थिए ।

अघिल्लो महिना उनले फिफाले प्रदान गर्ने वेस्ट प्लेयर अफ दी इयर पनि जितेका थिए ।

यसअघि फिफाले फ्रान्सेली फुटबल निकायसँगको साझेदारीमा बेलोन डे’ओर दिंदै आएको थियो । अघिल्लो वर्ष फिफा आफैंले अर्को अवार्ड स्थापना गरेको हो ।

प्रकाशित : मंसिर २२, २०७४ ०३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?