बार्सिलोनाद्वारा भिल्लारियल पराजित

एजेन्सी

म्याड्रिड — स्पेनिस ला लिगाअन्तर्गत आइतबार लिगको अग्रस्थानमा रहेको बार्सिलोनाले भिल्लारियललाई २-० ले पराजित गरेको छ ।

बार्सिलोनाद्वारा भिल्लारियल पराजित


पहिलो हाफ गोलरहित रहेको खेलमा बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । खेलको ६० हौं मिनेटमा ड्यानियल राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि भिल्लारियल १० खेलाडीमा सीमित भएको थियो । त्यसैको फाइदा उठाउँदै लुइस सुआरेज र लिओनेल मेसीले १० मिनेटको अन्तरमा दुई गोल गरे ।
अर्को खेलमा एट्लेटिको म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो । बार्सिलोना अंक तालिकामा ५ अंकले शीर्षस्थानमा छ ।

 

प्रकाशित : मंसिर २५, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?