२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

च्याम्पियन्स लिगमा चर्चित टोलीको घम्साघम्सी

सुबास हुमागाईं

काठमाडौं — युरोपेली च्याम्पियन्स लिगको राउण्ड अफ १६ को खेलमा युरोपका चर्चित टोली आमने सामने हुने भएका छन् । सोमबार युइएफएको मुख्यालयमा आयोजित ड्र अनुसार स्पेनिस लिग विजेता रियल म्याड्रिड र फ्रान्सेली टाेली पेरिस सेन्ट जर्मेन भिड्ने भएका छन् ।

च्याम्पियन्स लिगमा चर्चित टोलीको घम्साघम्सी

यस्तै स्पेनको बार्सिलोनाले इंग्लिस प्रिमियर लिग विजेता चेल्सीसँग खेल्नेछ । इटालियन लिग विजेता युभेन्ट्स र इंग्लिस टोली टोटेनहम हट्स्पर आमनेसामने हुनेछन् । जर्मन लिग च्याम्पियन बायर्न म्युनिखले बेसिक्टासको चुनौती सामना गर्नेछ ।

अन्य खेलमा म्यानचेस्टर सिटीले एफसी बेसलसँग खेल्नेछ भने लिभरपुलले एफसी पोर्टोको सामना गर्दैछ । म्यानचेस्टर युनाइटेडले सेभियाको सामना गर्दा शाख्तार डोनेस्कले एएस रोमासँग खेल्नेछ ।

प्रकाशित : मंसिर २५, २०७४ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?