कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फेरि मनाङ र आर्मी

दुहबी गोल्डकप फाइनल आज
वेदराज पौडेल

इटहरी — मनमोहन दुहबी गोल्डकप फुटबलको फाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच शनिबार उपाधि भिडन्त हुँदै छ । मनाङले क्वाटरफाइनलमा आयोजक एलेभेन एरोजलाई ५–२ ले हराउँदै सेमिफाइनल तय गरेको हो ।

सुजल श्रेष्ठले २, अनिल गुरुङ, प्याट्रिक, विशाल राई १–१ गोल गरेका थिए । मनाङको आशा भनेको यिनै स्टाइकर हुन् । चर्च ब्वाइजसँगको सेमिफाइनलमा जित निकाल्न भने मनाङलाई निकै मिहिनेत गर्नुपर्‍यो । आयोजकलाई जसरी पन्छाउन सहज भएको थियो तर चर्च ब्वाइज हराउन मनाङलाई निकै कठिनाई भयो । बुधबार विराज महर्जनको एकमात्र गोलमा मनाङले फाइनल निश्चित गरेको हो । 
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ टिमको सन्तुलन नै दुहबी गोल्डकप उचाल्ने प्रमुख आधार रहेको बताउँछन् । यस सिजन दुईपल्ट फाइनलमा आर्मीको सामना गरेको मनाङले यसपालि आत्मविश्वासी भएर खेल्ने उनले बताए । लोप्साङले भने, ‘टिममा म आएपछि खेलाडीको मनोबल बढेको छ । साथै टिम सन्तुलित हुनु हाम्रो जित्ने आधार हो ।’
फुटबलमा गोल धेरै थोरैभन्दा पनि ९० मिनेटसम्म खेलाडीले मैदानमा कस्तो पर्फमेन्स दिन्छन् भन्ने ठूलो कुरा भएको बताउँदै प्रशिक्षक लोप्साङले भने, ‘प्राप्त अवसर जसले सदुपयोग गर्न सक्यो जित उसैले निकाल्छ । तर उपाधि जितका लागि हामी पूर्ण तयार छौं ।’ 
आर्मीले पनि मोरङलाई क्वाटरफाइनलमा पराजित गर्न निकै कठिनाई सामना गर्नुपर्‍यो । पहिलो हाफमा मोरङको दबाबमा आर्मीले प्रभाव छाड्न सकेन । पहिलो हाफमा मोरङका प्रकाश बुढाथोकीले गोल गरेपछि आर्मीले बराबरी गर्न दोस्रो हाफ कुर्नुपर्‍यो । दीप लामाले आर्मी गोल गरेपछि निर्धारित समयको खेल बराबरीमा सकियो । टाइब्रेकरमा मनाङले बाजी माऱ्यो । आर्मीका गोलकिपर विकेश कुथुको योगदान स्मरणीय रह्यो । उनले दुई पेनाल्टी बचाएर आर्मीलाई सेमिफाइनल पुर्‍याएका थिए । आर्मी प्रशिक्षक चुनबहादुर थापाले काँकडभिट्टा गोल्डकप र सताक्षी गोल्डकपमा मनाङको सामना गरिसकेकाले आफू प्रतिद्वन्द्वीसँग परिचित रहेको सुनाए । उनले भने, ‘मनाङ पनि राम्रो टिम हो । हामीले त्यसैअनुरुप फाइनलमा रणनीति बनाएका छौं ।’ 
यस प्रतियोगिता मोरङ र रूपन्देहीसँगको कमजोरी सुधार्दै दबाबमूलक रणनीतिसाथ मैदानमा उत्रने तयारी गरेको थापाले बताए । टिमवर्क र समयसँगै दबाब सिर्जना गर्ने रणनीति नै फाइनलमा लागू गर्ने उनको दाबी थियो । उनले भने, ‘हार्डवर्क र टिमवर्क नै हाम्रो जित्ने आधार हो ।’
यो प्रतियोगिता गत वर्षदेखि आयोजना हुँदै आएको हो । विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार जित्ने छन् । अघिल्लो वर्ष विजेता र उपविजेताले क्रमश: ३ लाख १ हजार १ सय ११ र एक लाख ५० हजार पाएका थिए ।
गोल्डकपको म्यान अफ दि सिरिजलाई २५ हजार र विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउने छन् ।
२०२३ सालमा स्थापित एलेभेन एरोज क्लब २०४२ सालसम्म पूर्वमा लोकप्रिय फुटबल आयोजना गर्ने र बाहिरबाट पनि विजेता भएर आउने टिम थियो । क्लबले २०४२ सालयता सुस्ताएको खेलकुद गतिविधिलाई पुरानै अवस्थामा फर्काउने सोचले मनमोहन पोलिटेक्निक र मनमोहन स्मृति प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।

 

प्रकाशित : पुस १, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?