१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल एसीसी यू-१६ इस्टर्न रिजनको फाइनलमा

फाइनलमा सिंगापुरसँग भिड्दै

काठमाडौं — मलेसियालाई ७३ रनले पराजित गर्दै नेपाल एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियासामु १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रन जोडेका थिए । नेपालले निर्धारित ३४ ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोडेको थियो ।

नेपाल एसीसी यू-१६ इस्टर्न रिजनको फाइनलमा

जवाफी ब्याटिङमा उत्रिएको मलेसिया २२ औं ओभरमा ५५ रन जोड्दै अलआउट भयो । नेपालका लागि सुर्य तामाङले ४ विकेट लिँदा भने प्रतिश जिसीले ३ विकेट विकेट लिए । मलेसियाका लागि मुहमद साहिद बिन अद्जलीले सर्वाधिक १७ रन जोडेका थिए ।

नेपालले फाइनलमा सिंगापुरको सामना गर्नेछ । सिंगापुरले शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित : पुस १, २०७४ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?