कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल फाइनलमा

काठमाडौं — नेपाल शनिबार मलेसियालाई ७२ रनले पराजित गरी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल पुगेको छ । आइतबार हुने फाइनलमा नेपालले सिंगापुरको सामना गर्नेछ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा वर्षाका कारण निर्धारित ओभरभन्दा एक ओभर घटाई ३४ ओभर बनाइएको थियो ।

नेपाल फाइनलमा

त्यसमा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाई १ सय २७ रन बनायो र जवाफमा मलेसियालाई २१.१ ओभरमा ५५ रनमा अलआउट गर्‍यो । 
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालबाट प्रतिश जिसीले सर्वाधिक २५ रन बनाए । २२ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल ६, राजन मगर ११, विशालविक्रम केसी १५, कप्तान रीत गौतम ११, तृतराज दास १३, सुनील भण्डारी र नारायण जोशी समान १७ रनमा आउट भए । निखिलकुमार सिंह ६ र सूर्य तामाङ १ रनमा नटआउट रहे । 
मलेसियाबाट सन्देश सुप्रिमनियमले १६ रनबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । म्यान अफ द म्याच सूर्यले ४ विकेट लिएपछि मलेसिया धराशायी हुनपुग्यो । उनले ७ ओभरमा ३ मेडन राख्दै १२ रन खर्चेका थिए । त्यस्तै प्रतिशले ६ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अजयकुमार लुनिया र कुशलको नाममा १–१ विकेट रह्यो । सिंगापुरले शनिबारै अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । हङकङले छाडेको १ सय २३ रनको लक्ष्य सिंगापुरले २४ ओभरमा पूरा गरेको हो । 

प्रकाशित : पुस २, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?