कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरा राइनोजमा तीन पाकिस्तानी

लेखनाथ — टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले शनिबार आफ्नो अभ्यास पूरा गरेको छ । पोखरा रंगशालाको मैदानमा राइनोजले पाँच दिन अभ्यास गरेको थियो ।

पोखरा राइनोजमा तीन पाकिस्तानी


टोलीले तीन विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । पाकिस्तानका इसरार उल्लाह, आसिफ अली र ताज वाली राइनोजसँग अनुबन्धित भएका छन् । उनीहरू पाकिस्तानका ‘क’ वर्गका खेलाडी भएको टिमले जनाएको छ । ३० वर्षीय ब्याट्सम्यानद्वय इसरार र ताज पेसावर जाल्मी क्षेत्रबाट खेल्छन् । २६ वर्षीय तीव्र गतिका बलर आसिफ भने फैसलवाद उल्फ क्लबका खेलाडी हुन् । उनी पहिले इस्लामावाद युनाइटेडबाट खेल्थे । ताज पनि पाकिस्तानको ‘क’ वर्गकै खेलाडीमा पर्ने जनाइएको छ । 
टयालेन्ट हन्टबाट पनि एक खेलाडी छानिएका छन् । क्लोज क्याम्पमा राखिएका सात जनामध्ये पोखराका १६ वर्षीय देव शाह छनोटमा भएका छन् । उनी लेºट आर्म स्पिनर (चाइनाम्यान) भएको राइनोजले जनाएको छ । 
पोखरा राइनोजका कप्तान शक्ति गौचन प्रतियोगिताका सुरुआती खेल राम्रो खेल्न टोली तयार भएको बताउँछन् । ‘कुनै पनि टिमको स्टार्टिङ राम्रो भयो भने फिनिसिङ पनि सजिलो हुन्छ,’ उनले भने, ‘तयारी पनि त्यहीअनुसार गरेका छौं ।’ 
कप्तान शक्तिले ५ दिन पाकिस्तानी खेलाडीसँगको तालमेलमा बढी ध्यान दिएको बताए । पाकिस्तानी खेलाडी आसिफ अलीले पनि नेपाल र पाकिस्तानको वातावरण एउटै भएकाले सजिलो महसुस गरेको सुनाए । ‘यहाँका खेलाडीमा अनुशासन कायम भएको पाएँ,’ उनले भने, ‘हामी सफल हुन्छौं ।’
पोखरा राइनोज टिम : शक्ति गौचन, विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, नूरध्वज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनील धमला, सौरभ खनाल, सन्तोष भट्ट, सुसन भारी, इसरार उल्लाह, आसिफ अली, ताज वाली र देव शाह, प्रशिक्षक नवीन सिंह । 

 

प्रकाशित : पुस २, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?