कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं — साफ यू–१५ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आइतबार नेपालले आयोजक बंगलादेशको सामना गर्दै छ । उपाधि जित्ने लक्ष्य लिएर ढाका पुगेको नेपालले उपाधि दाबेदार मानिएको बंगलादेशको चुनौती स्विकार्ने छ ।

खेल ढाकास्थित विश्र्रेष्ठ साहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियममा हुनेछ ।
नेपाली टोलीकी मुख्य प्रशिक्षक गंगा गुरुङले टोलीको तयारी राम्रो रहेकाले सहभागी अन्य टोलीभन्दा राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने बताइन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधिका लागि पुस ९ गते प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित : पुस २, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?