नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि

काठमाडौं — नेपाल यू-१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्‍यो ।

नेपाललाई यू-१६ इस्टर्न रिजनको उपाधि

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोडेको थियो । नेपालका लागि नियमित कप्तान रीत गौतमको स्थानमा कप्तानी गरिरहेका विशाल केसीले ६३ रन जोडे । रीत चोटका कारण फाइनलमा उपस्थित रहेनन् । नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ३२ हौं ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन मात्र जोड्न सक्यो । नेपालका लागि सूर्य तामाङ र अजय कुमार लुनियाले ३-३ विकेट लिए ।

नेपालले २०१४ मा मलेसियामा एसीसी यू-१६ प्रिमियरको नामले आयोजना गरेको पछिल्लो प्रतियोगिता पनि जितेको थियो। 

प्रकाशित : पुस २, २०७४ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?