कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भारतलाई लगातार आठौं सिरिज

एएफपी

विशाखापट्टनम — प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले आठ विकेटको जित हात पारेको छ । यससँगै उसले सिरिज पनि कब्जा गर्‍यो ।

भारतलाई लगातार आठौं सिरिज


दुई सय १६ रनको विजयी लक्ष्य पाएको भारतलाई धवन (नटआउट १ सय रन) र श्रेयस ऐर (६५) ले विशाखापट्टनममा ३२.१ ओभरमा १ सय ३५ रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्‍याएका थिए । धवनले ८५ बलमा वान–डेमा आफ्नो १२ औं शतक पूरा गरे । उनले १३ चौका र दुई छक्का प्रहार गरे । सन् २००६ जुन महिनायता भारतले लगातार आठौं वान–डे इन्टरनेसनल सिरिज जितेको हो ।
यसअघि कुलदीप यादव र युवेन्द्र चाहलले तीन–तीन विकेट विकेट लिएपछि श्रीलंका ४४.५ ओभरमा २ सय १५ रनमा सीमित भएको थियो । ‘उनीहरूले एकसाथ राम्रो बलिङ पनि गरेनन् तर जसरी खेले वास्तवमै राम्रो खेले । उनीहरूले हामीलाई अगाडि बनाए,’ आफ्ना स्पिनरबारे भारतका कप्तान रोहित शर्माले भने, ‘युवा स्टारले धेरै ऊर्जा दिए । यो समूह प्रतिवान छ र यो नै त्यसलाई अभ्यास गर्ने सही समय हो ।’
अष्ट्रेलिया सिरिज जित नजिक
पर्थ– अष्ट्रेलिया आइतबार इंग्ल्यान्डविरुद्ध एसेज तेस्रो टेस्टमा जितको नजिक पुगेको छ । अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्स नौ विकेट गुमाएर ६ सय ६२ रनमा टुंग्याएपछि इंग्ल्यान्ड २ सय ५९ रनले पछाडि परेको थियो । त्यसयता इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै चार विकेट गुमाएर १ सय ३२ रनको स्थितिमा छ । वर्षाका कारण खेल निर्धारित समयभन्दा अगाडि नै टुंगेको थियो । इंग्ल्यान्डका लागि डेविड मिलान २८ र जोनी बियरस्ट १४ रन बनाएर खेलिरहेका छन् ।
इंग्ल्यान्ड अझै १ सय २७ रनले पछाडि छ । पाँच टेस्टको सिरिजमा अस्ट्ेरलियालाई २–० को अग्रता प्राप्त छ । वाका मैदानमा भइरहेको अन्तिम एसेज टेस्टमा इंग्ल्यान्डलाई हारबाट जोगिन गाह्रो हुनेछ । तर उसको सहयोगमा वर्षाले भने महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ । सिरिजमा कायम रहन इंग्ल्यान्डलाई वर्षाले साथ दिन सक्नेछ । अन्तिम दिन भारी वर्षाको अनुमान गरिएको छ । तर यो लन्च सेसन अगाडि मात्र समस्याका रूपमा रहने अनुमान गरिएको छ । पाहुना टिमको दोस्रो इनिङ्स खराव सुरुआतको सिकार बनेको थियो ।

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?