हामसिकले गरे म्याराडोनाको बराबरी

एएफपी

मिलान — मारेक हामसिकले नेपोलीका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमानका लागि डिएगो म्याराडोनाको बराबरी गरेपछि नेपोलीले शनिबार टुरिनोलाई ३–१ ले हरायो र त्यही दिन इन्टर मिलानले बेहोरेको हारको भरपूर फाइदा उठायो । इन्टरको हारले नेपोली शीर्ष स्थानमा पनि उक्लेको छ ।

हामसिकले गरे म्याराडोनाको बराबरी

इन्टर भने युडिनेजीको हातबाट सानसिरोमा ३–१ ले पराजित रह्यो । हामसिकले नेपोलीका लागि तेस्रो गोल गरे र सबै खाले प्रतियोगितामा गरेको गोल संख्यालाई १ सय १५ मा पुर्‍याए । 
यस सिजन इन्टरले बेहोरेको पहिलो हारयता नेपोली ४२ अंकसहित पहिलो स्थानमा रह्यो । यो इन्टरमाथि दुई अंकको अग्रता हो र मिलान क्लब दोस्रो स्थानमा झरेको छ । ‘मिडफिल्डरका रूपमा १ सय १५ गोल गर्नु निकै राम्रो जस्तो लाग्छ,’ स्लोभाकियाका खेलाडीले भने । नेपोली यसअघि युभेन्ट्ससँग १–० ले पराजित रहेको थियो । ‘आजको जित र प्रदर्शनमा सबै खुसी छौं,’ हामसिकले थपे । चौथो स्थानको रोमा अर्को खेलमा कागलिरीलाई १–० ले हराउन सफल रह्यो । 
इंग्ल्यान्ड
लन्डन– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति टोटेनहममाथि ४–१ को जित निकाल्दै शीर्षस्थानमा लगातार १६ औं जित निकालेको छ । यता आर्सनलले भने मेसुट ओजिलको आकर्षक गोल मदतले न्युकासललाई १–० ले पन्छायो । सिटीको जितमा इल्काय गुनडोगनले गोलको खाता खोलेयता केभिन डे ब्रुनले एक तथा रहिम स्टर्लिङले दुई गोल थपे । यस जितपछि सिटी दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा १४ अंकले अगाडि छ । 
स्पेन
म्याड्रिड– एटलेटिको म्याड्रिडले भ्यालेन्सियालाई उछिन्दै शनिबार स्पेनी ला लिगको दोस्रो स्थानमा उक्लेको छ । एटलेटिकोको नयाँ मैदानमा फर्नान्डो टोरेसले गरेको पहिलो गोलमा उसले एलाभेसलाई १–० ले पन्छायो । भ्यालेन्सिया भने आइबरसँग २–१ ले पराजित रह्यो । पछिल्ला तीन खेलमा भ्यालेन्सियाको यो दोस्रो हार हो । यससँगै भ्यालेन्सिया शीर्षस्थानमा रहेको बार्सिलोनासँग पाँच अंकको दूरीमा रह्यो । एटलेटिको यस सिजन लिगमा अपराजित रहेको छ । 

 

प्रकाशित : पुस ३, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?