पहिलो खेलमा ललितपुर प्याट्रीयट्स विजयी

काठमाडौं — एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो सिजनको पहिलो खेलमा सोमबार ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स ११ लाई ८ विकेटले पराजित गर्‍यो । टस जितेर फिल्डिङ रोजेको ललितपुरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै काठमाडौंलाई ८९ रनमा अलआउट गरेको थियो ।

पहिलो खेलमा ललितपुर प्याट्रीयट्स विजयी

काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन जोड्दा मध्यक्रममा अक्षु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । ललितपुरका लागि सुबोथ भाटीले ४ विकेट लिए भने म्यान अफ द म्याच घोषित ललित राजवंशीले ३ विकेट हात पारे । महबुब आलमले दुई तथा योगेश नागरले एक विकेट लिए ।

९० रनको सामान्य योगफल पछ्याएको ललितपुरले ओपनर पवन सर्राफलाई दोस्रो बलमै गुमाएपनि त्यसपछि सम्हालियो । अर्का ओपनर जयकिशन कोल्सावालाले अविजित ४४ रन जोडेपछि टोलि सहज जिततर्फ लम्किएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले २० रन र राजवीर सिंहले अविजित १४ रनको योगदान दिए ।

मंगलबार हुने पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजको सामना गर्नेछ । दोस्रो खेलमा ललितपुर प्याट्रीयट्स र विराटनगर वारीयर्स भिड्नेछन् ।

प्रकाशित : पुस ३, २०७४ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?