लिभरपुल र आर्सनलको ३-३ को बराबरी

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ । लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्‍यो ।

लिभरपुल र आर्सनलको ३-३ को बराबरी


एलेक्सीस सान्चेज, ग्रानिट झाका र मेसुट ओजीलले आठ मिनेटको अन्तरमा ३ गोल गरेपछि अार्सनलले अग्रता लियो । रोबर्टो फिर्मीनोले ७१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।


बराबरीसँगै लिभरपुल चौथो र आर्सनल पाँचौ स्थानमा यथावत छन् ।

प्रकाशित : पुस ८, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?