विराटनगरको लगातार पाँचौ जित

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा विराटनगर वारीयर्सले काठमाडौं किंग्स ११ लाई ८ रनले पराजित गरेको छ ।

विराटनगरको लगातार पाँचौ जित


टस जितेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल खडा गरेको थियो । ओपनर आसिफ शेख शुन्यमा आउट भएपनि हङकङका ब्याट्सम्यानले टोलीलाई उकासेका थिए । बाबर हायातले अर्धशतक बनाउँदा अन्सुमन रथले ३२ रन जोडे । हायातले ५० बलमा ६७ रन जोड्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । पारस खड्काले २५ बलमा २६ रन जोडे । सोमपाल कामी र अमर सिंह राउटेलाले २-२ विकेट लिए भने फरवेज महारुफ र जितेन्द्र मुखियाले १-१ विकेट बाँडे ।


जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र जोड्न सक्यो । ओपनर अमित श्रेष्ठ ६ र सागर पुन १३ रनमा आउट भएका थिए । काठमाडौंका लागि कप्तान महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । नरेश बुढाएरले ३२ बलमा ३० रन जोडे । बलिङतर्फ विराटनगरका अन्सुमन रथले ३ तथा वसन्त रेग्मी र रामनरेश गिरीले २-२ विकेट लिए ।


दिनको दोस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्स भिड्दै छन् ।


तस्बिर: सुबास हुमागाईं

प्रकाशित : पुस १०, २०७४ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?