कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आरिफले हेल्मेट फालेपछि...

एभरेष्ट प्रिमियर लिग
विनाेद पाण्डे

काठमाडौँ — टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा बिहीबार निर्णायकका हिसाबमा निकै विवादित दिन रहयो ।

आरिफले हेल्मेट फालेपछि...

ललितपुर प्याट्रियट्ससँग एउटा निर्णयमा भैरहवा ग्लाडियटर्स विवादस्पद निर्णयलाई पार लगाउन सफल भए पनि अर्कोमा टोलीका ब्याट्सम्यान आरिफ शेख त्यसको शिकार हुन पुगे ।


खेलको १३ औं ओभरमा आरिफ शेखलाई ६ रनमा ललित राजवंशीले आउट गरे । बलरले आरिफमाथि एलबीडब्लु आउटको अपिल गरेका थिए । मैदानमा रहेका अम्पायर विनयकुमार झाले बलरको अपिललाई सदर गरे ।


जबकि टेलिभिजन रिप्लेमा बल आरिफको ब्याटमा लागेको र प्याडमा पनि नलागेको स्पष्ट देखिएको थियो ।


म्पायरको निर्णयमा आरिफले तत्कालै मैदानमा आक्रोशपूर्ण विरोध जनाएका थिए । बलले ब्याटमा लागेको संकेत गर्दै उनी अम्पायर झा अगाडि आक्रामकरुपमा प्रस्तुत भए । आरिफले मैदान छाड्न पनि केही समय लिए । उनको स्थान लिन प्रदीप ऐरी मैदान प्रवेश गरिसकेपछि आरिफ दौडिदैं पवेलियन फर्किए ।


पवेलियन फर्किनेक्रममा उनले आफूले लगाएको हेलमेट फाल्दा ‘डग आउट’ मा भैरहवाका अर्का खेलाडीलाई लाग्न पुगेको थियो । आक्रोशित आरिफले ब्याट पनि डग आउटमा फाले । रोहित पौडेलले खेलको अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गर्दा खुशीले आरिफको खुट्टा बाउन्ड्री भित्र पुगेको थियो । भैरहवाको विजयपछि दगुरेर मैदान भित्र प्रवेश गर्नेमा आरिफ अग्रपंक्तिमा थिए ।


खेल समाप्तपछि भैरहवाका कप्तान शरद भेषावकर, टिमका पदाधिकारीले आरिफका अगाडि मैदान भित्र म्याच रेफ्री समिर खान (मोहम्मद साफिक) सँग प्रतिवाद गरिरहे । ईपीएलको आयोजक समितिले अम्पायरको निर्णयमा आपत्ति जनाएको भन्दै आरिफमाथि लेभल टुअन्तर्गत म्याच फिको ५० प्रतिशत जरिवाना गराएको छ ।


भैरहवाको फाइनल यात्रामा आरिफले ठूलो प्रभाव पार्दै आएका छन् । उनले १ सय ६० रन बनाउनुका साथै ७ विकेट लिएका छन् । नेपाली खेलाडीमा सर्वाधिक रन बनाउनेमा उनी पोखरा राइनोजका सुनिल धमला (१७१ रन) भन्दा मात्र पछाडि छन् । आरिफ म्यान अफ द सिरिजको दौडमा आफ्ना कप्तान शरद र विराटनगर वारियर्सका बाबर हायतसँगैं छन् ।


‘प्लेयिङ ११ मा नभएका खेलाडी’

ललितपुर प्याट्रियट्सले टसका लागि जाँदा जुन खेलाडीको नाम प्लेयिङ ११ मा राखेको थियो त्यसमा दिपेश भण्डारी थिएनन् । उनको नाम ललितपुरले १५ औं नम्बरमा राखेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको विकेट पतनसँगैं उनी १९ औं ओभरमा ब्याटिङ गर्न आएका थिए । भण्डारीले नै पहिलो इनिङ्सको अन्तिम ओभरमा हरिशंकर शाहलाई २ छक्का र २ चौका प्रहार गरेका थिए र अन्तिम बलमा शरद भेषावकरबाट क्याच आउट भएका थिए ।

रेफ्रीको विवादित निर्णयबारे खेल सकिएपछि ईपीएल पदाधिकारीसँग आपत्ति जनाउँदै भैरहवा टोली कप्तान शरष भेषावकर । तस्बिर : केशव थापा/कान्तिपुर

तस्बिर : केशव थापा/कान्तिपुर ।

रोहित पौडेलले भैरहवा इनिङ्सको अन्तिम ओभरमा भण्डारीको पहिलो दुई बलमा छक्का प्रहार गरी खेललाई नाटकीय हिसाबमा टुंगाएका थिए । ललितपुरको टिम लिस्टमा भण्डारीको स्थानमा सन्दीप जोरा राखिएको थियो । आरिफको विषयमा म्याच रेफ्री खानसँग मैदानमा भएको छलफलमा भैरहवा टोलीले यस विषयमा पनि आवाज उठाएको बताइएको छ ।


प्रकाशित : पुस १३, २०७४ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?