भैरहवालाई १ रनले हराउँदै ईपीएलको उपाधि विराटनगरले उचाल्यो

सुबास हुमागाईं

काठमाडौँ — टीभीएस एभरेस्ट प्रिमियर लिग अन्तर्गत फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको छ ।

भैरहवालाई १ रनले हराउँदै ईपीएलको उपाधि विराटनगरले उचाल्यो

विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य भैरहवाले प्राप्त गर्न सकेन । भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले ।ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए ।


विराटनगरका अंशुमन रथले एकै ओभरमा ३६ रन खाएपछि टोली दबाबमा पारेको थियो । विराटनगरका लागि अनिल साहले ३, करण केसीले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए । अन्तिम ओभरमा ९ रन आवश्यक परेकोमा भैरहवाले ३ विकेट गुमाउँदै ७ रन मात्र जोडेको थियो ।


त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल खडा गरेको थियो । टोलीका लागि अंशुमन रथले सर्वाधिक ४१ रनको योगदान दिए । पारस खड्काले २७ तथा अनिल कुमार साहले २२ रन जोडे । भैरहवाका कृष्ण कार्की र भुवन कार्कीले २-२ विकेट लिए ।

प्रकाशित : पुस १५, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?