कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्मिथ र खवाजा अस्ट्रेलियालाई सम्हाल्दै

एएफपी

सिड्नी — एसेज सिरिज अन्तर्गत पाँचौ टेस्टको दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले सम्हलिएको प्रदर्शन गरेको छ । अघिल्लो दिन २३३-५ को स्थितिमा रहेको इंग्ल्याण्डलाई ३ सय ४६ रनमा समेटेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा राम्रो सुरुआत गर्‍यो । 

स्मिथ र खवाजा अस्ट्रेलियालाई सम्हाल्दै

अस्ट्रेलियाले दोस्रो दिनको अन्त्यसम्म पहिलो इनिङ्समा २ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको छ । क्रिजमा कप्तान स्टिभ स्मिथ ४४ र उस्मान खवाजा ९१ रन बनाएर खेलिरहेका छन् ।


स्मिथले शुक्रबार टेस्ट क्रिकेटमा ६ हजार रन पुरा गरे । उनले १ सय ११ इनिङ्समा ६ हजार रन पुरा गर्दै उक्त सफलता हासिल गर्ने डन ब्राडम्यान पछिका सर्वाधिक तेज ब्याट्सम्यान पनि बने । ग्यारी सोबर्सले पनि १ सय ११ इनिङ्समै ६ हजार रन पुरा गरेका थिए ।


अस्ट्रेलियाले ओपनर क्यामरन ब्यान्क्रफ्टलाई शून्यमै गुमाएपनि डेविड वार्नरले ५६ रन जोड्दै टोलीलाई सम्हाले । वार्नर आउट भएपछि आएका स्मिथले खवाजासँग तेस्रो विकेटका लागि अविजित १ सय ७ रनको साझेदारी गरेका छन् । इंग्ल्याण्डका लागि स्टुआर्ट ब्रोड र जेमी एन्डरसनले १-१ विकेट लिए ।


त्यसअघि इंग्ल्याण्डको तल्लो क्रमलाई समेट्न अस्ट्रेलियाका मिचेल स्टार्कले ६२ रनमा खेलिरहेका डेविड मालानलाई स्लिपमा क्याच गराए । मोइन अली (३०), टम कर्रान (३९) र ब्रोड (३१) ले राम्रो स्कोर बनाए । समग्रमा अस्ट्रेलियाका लागि प्याट्रिक कमिन्सले ४ तथा मिचेल स्टार्क र जोश हेजलवुडले २-२ विकेट लिए । नाथन लायनले स्टुआर्ट ब्रोडको महत्त्वपूर्ण विकेट लिएका थिए ।


अस्ट्रेलियाले पाँच खेलको सिरिज ३-० ले जितिसकेको छ ।

प्रकाशित : पुस २१, २०७४ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?