एपीएफको जितमा अञ्जनको गोल

खप्तड गोल्डकप

धनगढी — अञ्जन विष्टका दुई गोलमा विभागीय टोली नेपाल एपीएफ क्लब बुधबार विजय प्राप्त गर्दै नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । धनगढी क्षेत्रीय रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा एपीएफले सीएमजी क्लब संकटालाई २–० ले हराउँदै अन्तिम चारको यात्रा गरेको हो ।

एपीएफको जितमा अञ्जनको गोल

संकटा गत वर्ष खप्तड गोल्डकपमा उपविजेता बनेको टोली हो । युवा खेलाडी अञ्जनले पहिलो हाफको २३ औं मिनेटमा हेड गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । दोस्रो गोल पनि उनलै गरको थिए । अञ्जनले खेलका ८५ औं मिनेटमा गोल थप्दै एपीएफको जित सुनिश्चित गरेका थिए । उनी म्यान अफ म्याच भए ।

एपीएफ टोली पहिलो हाफमा संकटामाथि पूर्ण हाबी भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको संकटाले केही अवसर पाए पनि गोल गर्न सकेन । संकटाका खेलाडीले दोस्रो हाफमा पटक–पटक मौका गुमाए । अन्य दिनभन्दा चिसो बढेकाले बुधबारको खेलमा दर्शक उपस्थिति पनि कम थियो ।


एपीएफका अञ्जन विष्ट (सेतो) र संकटाका अर्नेस्ट टाम्पी भिड्दै (तल) । तस्बिर : डीआर पन्त/कान्तिपुर


पाएका अवसरमा गोल प्रहार गर्न नसक्नु हारको कारण भएको संकटाका प्रशिक्षक सल्यान खड्गीले बताए । उनले भने, ‘पहिलो हाफमै गोल खाएका कारण टिम दबाबमा परेर खेलमा खेल्न सकेन । दोस्रो हाफमा पाएका अवसर चुकाउँदा खेल नै गुमायौं ।’

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो खेलमा सुधारोन्मुख प्रदर्शन हुँदा टोलीले सफलता पाएको बताए । उनले भने, ‘पहिलो खेलमा भन्दा हामीले राम्रो प्रदर्शन गर्न सक्यौं । समयमै गोल पनि निस्कियो ।’

उनले खेलमा अझै धेरै सुधार बाँकी रहेको र त्यसलाई सुधारेर उपाधि जित्न प्रयत्न गरिने बताए ।


आजको खेल

त्रिभुवन आर्मीविरुद्ध थ्री स्टार क्लब

प्रकाशित : पुस २७, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?