कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रियल क्वाटरफाइनलमा

म्याड्रिड — स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार नुमान्सियासँग २–२ को बराबरीमा रोकिएको रियल म्याड्रिड क्वाटरफाइनल पुगेको छ । पहिलो लेगमा ३–० ले विजयी रियलले समग्रमा ५–२ को अग्रतासँगै अर्को चरणमा प्रवेश पायो ।

रियल क्वाटरफाइनलमा

बुधबार दोस्रो रोजाइको टोली उतारेको रियलका लागि लुकास भाज्केजले दुवै हाफमा अग्रता दिलाएका थिए । तर, गुल्लेर्मोले दुवैपल्ट बराबरी गोल फर्काए । अन्य खेलबाट आफूअनुकूल नतिजा निकाल्दै लेगानेस र अलाभेस पनि क्वाटरफाइनलमा प्रवेश गरे ।


आर्सनल–चेल्सी बराबर

लन्डन– इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन् । चेल्सीको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले पहिलो रोजाइको टोली उतारेका थिए । दोस्रो लेग अर्को साता आर्सनलको मैदानमा हुनेछ ।

प्रकाशित : पुस २८, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?