सदीक्षा र आशाले जिते स्वर्ण

हेटौडा — १३ औं राष्ट्रिय महिला तथा पुरुष कुस्तीको पहिलो दिन बिहीबार दुई स्वर्ण पदकको टुंगो लागेको छ । १६ स्वर्ण पदकका लागि भएको राखेप च्याम्पियनसिपअन्तर्गतको प्रतियोगितामा ६९ केजीतर्फ झापाकी सदीक्षा राई र ४५ केजीतर्फ सुनसरीकी आशाकुमारी खत्वेले स्वर्ण पाएका छन् । उनीहरूले आफ्नो तौल समूहमा प्रतिस्पर्धी नभएपछि स्वत: स्वर्णको भागिदार भएको निर्णायक विद्यासागर पोखरेलले बताए ।

सदीक्षा र आशाले जिते स्वर्ण

बिहीबारै अन्य तौल समूहको पहिलो चरण भए । मकवानपुरमा पहिलोपल्ट भएको कुस्ती प्रतियोगितामा आर्मी, नेपाल पुलिस र १९ जिल्लाका खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ महिला र ४५ पुरुष खेलाडीले भाग लिएका छन् । लोकतान्त्रिक चौरको मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरे ।

प्रकाशित : पुस २८, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?