गल्फमा मध्यमाञ्चललाई स्वर्ण

काठमाडौँ — मध्यमाञ्चलले एनजिए–एनएसी ओपन गल्फ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । राष्ट्रिय गल्फ टोलीका सदस्य टंकबहादुर कार्की, सुवास घिसिङ र सन्दीप तामाङसम्मिलित मध्यमाञ्चलले राष्ट्रिय टोलीकै अर्का सदस्य शुक्रबहादुर राईसम्मिलित निर्वाणा कन्ट्री क्लबलाई पछाडि पार्दै उपाधि जिते ।

गल्फमा मध्यमाञ्चललाई स्वर्ण

मध्यमाञ्चलले कुल १० ओभर २८२ अंकसाथ निर्भानालाई १२ पराजित गर्‍यो । निर्वाणाका लागि शुक्रसँगै युवराज भुजेल र सुन्दर राईसम्मिलित टोलीले २९४ अंकसहित रजत पदक जित्यो । विनोद तामाङ, भरत बस्ताकोटी र नवराज चौलागार्इंको रोयल नेपाल गल्फ क्लबको टिम ३०४ अंकसहित कांस्य जित्न सफल भयो ।


एकलतर्फ टंकबहादुर कार्की दोस्रो दिन २ अन्डर ६६ स्कोरसाथ शीर्षस्थानमा छन् । ३६ होल समाप्तिमा टंकले १ ओभर १३७ स्कोर जोड्दै ८ स्ट्रोकको फराकिलो अग्रता बनाए । ९ ओभर १४५ अंकसाथ सुवास घिसिङ र पहिलो दिनका संयुक्त लिडर शुक्रबहादुर राई दोस्रो स्थानमा छन । १४९ अंकसाथ सुन्दर राई चौथो, १५० अंक जोड्दै विपिन तामाङ पाँचौं, १५१ अंक बनाएका नवराज थापा छैटौं तथा १५२ अंक बनाएर विनोद तामाङ र भरत बस्ताकोटीले संयुक्त सातौं स्थान लिएका छन् । एकल स्पर्धामा २६ ओभर १६२ अंकसम्म जोड्ने २१ खेलाडीले कट बनाएका छन् ।


सुटिङ

काठमाडौं– नेपाल पुलिसका हरिबहादुर थापाले २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङमा बिहीबार पुरुष १० मिटर एयर राइफलर्फ ५७३ अंक जोडेका छन् । आर्मीका कृष्ण घोरासैनीले ५७० र मध्यपश्चिमाञ्चलका पवन घिमिरेले ५६९ अंक जोडे । यो इभेन्ट ६ सय पूर्णांकमा भएको हो । सोही स्पर्धाको महिला ४ सय पूर्णांकमा मध्यमाञ्चलकी सिन्दुजा बस्नेत र पुलिसकी दुर्गा सिंजालीले समान ३७९ स्कोर गरेका छन् । पूर्वाञ्चलकी अमिता श्रेष्ठले ३४३ अंक बटुलिन् ।


पुरुष १० मिटर एयर पेस्तोलको ६ सय पूर्णांकमा विष्णुकुमार मगरले ५३३, पूर्वाञ्चलका राजु थापाले ५१७ र आर्मीका रामलाल गुरुङले ५१२ स्कोर गरेका छन् । महिला १० मिटर एयर पेस्तोलमा पुलिसकी सविता बस्नेतले ३५७, आर्मीकी सुनीता महर्जनले ३४५ र सुदूरपश्चिमकी सावित्रा बोहराले ३२१ स्कोर बनाएका छन् । महिलाको यो ४ सय पूर्णांकमा प्रतिस्पर्धा भएको हो ।


दुवैमा आर्मी च्याम्पियन

गुलरिया– राखेप च्याम्पियनसिपको कबड्डी प्रतियोगितामा त्रिभुुवन आर्मी क्लबले च्याम्पियन भएको छ । आर्मीले महिला र पुरुष दुवैको उपाधि जितेको हो । आर्मी दुवैको डिफेन्डिङ च्याम्पियन हो । बिहीबार २२ औं संस्करणको पुरुष फाइनलमा आर्मीले पश्चिमाञ्चललाई ३९–२५ अंकले हरायो ।


१७ औं संस्करणको महिला फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चलमाथि ३९–२२ अंकले नतिजा निकालेको थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । पुरुषतर्फ नागेश्वर थारु र महिलामा मेनुका राजवंशी उत्कृष्ट खेलाडी भए । उनीहरूले जनही १५ हजार पुरस्कार पाए । प्रतियोगिता बर्दियाको ठाकुरबाबा– १, सिंहबाहिनी खेल मैदानमा भएको थियो ।

प्रकाशित : पुस २८, २०७४ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?