१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बार्सिलोना कोपा डे रेको क्वाटरफाइनलमा

एएफपी

म्याड्रिड — लियोनल मेसीले सुरुआती १५ मिनेटमा दुई गोल गरेपछि बार्सिलोनाले सेल्टा भिगोलाई सजिलै हराएर कोपा डे रेको क्वाटरफाइनल यात्रा तय गरेको छ । दोस्रो लेगको खेलमा बार्सिलोना ५–० ले विजयी रह्यो । 

बार्सिलोना कोपा डे रेको क्वाटरफाइनलमा

गता साताको पहिलो लेग १–१ को बराबरीमा रहेको थियो । यससँगै बार्सिलोनाले ६–१ को अग्रता लिन सफल रह्यो । दोस्रो लेगको खेलका लागि बार्सिलोनाले बलियो टिम उतारेको थियो ।

बार्सिलोनासँगै अन्तिम आठमा पुग्ने अरु टिममा रियल म्याड्रिड, एटलेटिको म्याड्रिड, भ्यालेन्सिया, लेगानेस, एलाभेस इस्पनयोल र सेभिया रहेका छन् ।


प्रकाशित : पुस २८, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?