१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आयोजक र विराटनगर विजयी

इटहरी — दोस्रो यू–१९ इटहरी प्रिमियर लिग क्रिकेटमा शनिबार आयोजक इटहरी क्रिकेट एकेडेमी र विराटनगर विजयी भएका छन् । 

आयोजक र विराटनगर विजयी

आयोजक इटहरीले नेपालगन्जलाई ३ विकेटले हरायो । डीभीएम स्कुलको मैदानमा टस जितेको नेपालगन्जले १७ ओभरमा ९ विकेट गुमाएर ६० रन बनायो । लवकुश यादवले नटआउट १५ रनबाहेक अन्यले स्कोर बनाउन सकेनन् ।

इटहरीका भूपाल लुइँटेलले ३, पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए । जवाफमा इटहरीले १२.३ ओभरमा ७ विकेट गुमाएर ६३ रन बनायो । नेपालगन्जका लवकुश र अजय सहनीले ३–३ विकेट लिए । म्यान अफ द म्याच भूपाल लुइँटेल भए ।

अर्को खेलमा विराटनगरले धनगढीलाई ९ रनले हरायो । टस जितेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २ रन बनायो । फिर्दोष अन्सारीले सर्वाधिक ३४, अंकित सुवेदीले ११, दीपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए । धनगढीका सागर भण्डारीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा धनगढी १९.१ ओभरमा ९३ रनमा समेटियो । वसन्त कार्कीले ३५, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए । विराटनगरका म्यान अफ द म्याच फिर्दोष अन्सारीले २, विवेक यादवले ३ र मिनश थापाले २ विकेट लिए ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?