१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

व्यवस्थित मैदान बनाउने वाचा

चितवन — जिल्ला फुटबल संघ चितवनको अध्यक्षमा श्रीकृष्ण कार्की निर्वाचित भएका छन् । सौराहामा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट कार्कीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चुनिएको छ । 

व्यवस्थित मैदान बनाउने वाचा

निर्वाचित कार्की एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठनिकट मानिन्छन् । निर्वाचित कार्कीले जिल्लामा टड्कारो आवश्यकता रहेको व्यवस्थित फुटबल मैदान बनाउन पहल गर्ने र फुटबलको गतिविधि बढाउन लागिपर्ने वाचा गरेका छन् ।

चारवर्षे कार्यकालमा सदस्य क्लब विस्तार गर्दै फुटबल क्षेत्रलाई बलियो बनाउन दृढ रहने उनको प्रतिवद्धता थियो । ‘चितवनमा फुटबलको सम्भावना धेरै छ, अहिले निर्वाचित टिम राम्रो छ,’ उनले भने, ‘जसको उदाहरण सर्वसम्मत नयाँ नेतृत्व चयन नै हो । यसले देशभर सकारात्मक सन्देश जानेछ ।’

कार्यसमिति प्रथम उपाध्यक्ष अनिल शाक्य, द्वितीय उपाध्यक्ष विजय घले, तृतीय उपाध्यक्ष जीवनकुमार लामा चयन भए । सदस्यमा शकुन्तला खड्का, श्यामकुमार पिया, सञ्जीव मिश्र, प्रवीण जोशी, गोपालबहादुर तामाङ, प्रकाश भुजेल र रामहरि ढकाल चुनिए । निर्वाचन समितिका संयोजक अधिवक्ता चूडामणि सापकोटाका अनुसार सचिव र कोषाध्यक्ष भने विधानअनुसार अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले फुटबल संघले जिल्लामा खेल मैदान निर्माणमा लाग्न सुझाए । पूर्व सचिव हेरम्बकुमार असिमले क्लब सदस्यता बढाउने कुरामा नयाँ नेतृत्वको ध्यान जानुपर्ने बताए ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?