२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भिल्लारियलसँग रियल स्तब्ध 

एएफपी

म्याड्रिड — पाब्लो फोर्नल्सले खेलको अन्त्यतिर गरेको उत्कृष्ट गोल मदतले भिल्लारियलले बर्नाबाउमा शनिबार राति रियल म्याड्रिडलाई १–० ले हराएको छ । यस हारले प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ ।

भिल्लारियलसँग रियल स्तब्ध 


रियलको १८ खेलबाट ३२ अंक भएको छ र चौथो स्थानमा छ । समान खेल खेलेको बार्सिलोना ४८ अंकसहित शीर्ष स्थानमा छ र दुई परम्परागत प्रतिद्वन्द्वीबीच १६ अंकको अन्तर भएको छ ।


शनिबार रातिका अर्को खेलमा एटलेटिको म्याड्रिडले आइबरलाई १–० ले हरायो र ४२ अंकसहित दोस्रो स्थानमा रह्यो । यस्तै जिरोनाले लास पाल्मासलाई ६–० को ठूलो अन्तरले हरायो ।

प्रकाशित : पुस ३०, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?