१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

टोटेनहमको शानदार जित

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार टोटेनहम हट्सपरले घरेलु मैदानमा एभरटनलाई ४-० ले पराजित गरेको छ । टोटेनहमको जितमा ह्यारी केनले दुई तथा क्रिस्टियन एरिक्सन र ह्युङ् मिन सनले १-१ गोल गरे ।

टोटेनहमको शानदार जित

चेल्सी र लेस्टर गोलरहित बराबरीमा रोकिए भने क्रिस्टल प्यालेसले बर्नलीलाई १-० ले हरायो । म्यानुएल लान्जीनीको दुई गोलमा वेस्ट ह्यामले हडर्सफिल्ड टाउनलाई ४-१ ले पराजित गर्‍यो । वाटफर्ड र साउथह्याम्पटन २-२ तथा न्युकासल र स्वान्सीले १-१ को बराबरी खेल्दै अंक बाँडे । वेस्ट ब्रमले ब्राइटनलाई २-० ले हरायो ।

प्रकाशित : पुस ३०, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?