विराटनगर र धनगढी भिड्ने

इटहरी — विराटनगर र धनगढी दोस्रो यू–१९ इटहरी प्रिमियर लिग क्रिकेटको उपाधिलाई मंगलबार फाइनलमा भिड्ने भएको छन् । सोमबार सेमिफाइनलमा विराटनगर आयोजक इटहरी क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै फाइनल पुग्यो । अर्को सेमिफाइनलमा धनगढीले नेपालगन्जमाथि ८२ रनले हरायो ।

टस हारेर ब्याटिङ गरेको इटहरीले निर्धारित १४ ओभरमा ६ विकेट गुमाएर ९१ रन बनायो । गौतम शर्माले २९ रन बनाए ।जवाफमा विराटनगर १२.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । म्यान अफ द म्याच मिनश थापाले ३७ रन जोड्नुका साथै एक विकेट पनि लिए ।

अर्को सेमिफाइनलमा टस जितेको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४७ रन खडा गर्‍यो । भीम सार्कीले सर्वाधिक ३७ रन बनाए । १ सय ४८ रनको लक्ष्य पछयाएको नेपालगन्ज १९ ओभरमा ६६ रनमै समेटियो । नेपालगन्जका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रकाशित : माघ २, २०७४ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?