कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विराटनगर च्याम्पियन

इटहरी — विराटनगरले दोस्रो यू–१९ इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । मंगलबार नेपाल डीभीएम स्कुलको मैदानमा भएको फाइनलमा विराटनगरले धनगढीलाई ३ रनले हराएर ट्रफीसँगै १ लाख रुपैयाँ पुरस्कार जितेको छ । धनगढीले ५० हजारमा बुझाएको छ ।

विराटनगर च्याम्पियन

टस जितेर ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय १२ रन बनायो । बिराटनगरबाट मिनश थापाले २४, मुकेश यादवले १८ र अमित यादवले १० रनको योगदान दिए । धनगढीका सागर भण्डारीले ३ र नारायण जोशीले २ विकेट लिए ।

जवाफमा धनगढी निर्धारित २० ओभरमा १ सय १० रन बनाउदै अलआउट भयो । नारायण जोशीले २७, अजय विष्टले २० र लोकेश बमले १७ रन जोडे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । विराटनगरका म्यान अफ द फाइनल मुकुन्द यादवले ३, दीपेश कँडेल र मिनश थापाले समान २ विकेट लिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी विराटनगरका मिनश थापा भए । उत्कृष्ट ब्याट्सम्यान काठमाडौंका अरुण ऐरी र उत्कृष्ट बलर इटहरीका मनीष दाहाल भए । उनीहरूले ५–५ हजार पुरस्कार पाए । प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाडौं, विराटनगर, नेपालगन्ज, भैरहवा र धनगढीका टोली सहभागी थिए ।

प्रकाशित : माघ ३, २०७४ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?