कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

न्युजिल्यान्डको लगातार जित

एएफपी

ह्यामिल्टन — कोलिन डी ग्रान्डहोमको आक्रामक ब्याटिङ मदतले न्युजिल्यान्डले चौथो वान डेमा मंगलबार पाकिस्तानलाई ५ विकेटले हराएको छ । डी ग्रान्डहोम ४० बलमा ७४ रन बनाएर नटआउट रहे । यसअघि एकसमय जितका लागि २ सय ६३ रन पछयाइरहेको न्युजिल्यान्डले त्यहाँसम्म पुग्न संघर्ष गर्नुपर्ने संकेत देखिएको थियो । ‘आज सबै बल ब्याटमै आइरह्यो,’ ग्रान्डहोमले प्रतिक्रिया दिए । 

न्युजिल्यान्डको लगातार जित

उनले ५ छक्का र ७ चौका प्रहार गरे । न्युजिल्यान्ड लगातार जितपछि ५ खेलको शृंखलामा ४–० ले अगाडि रह्यो । यससँगै न्युजिल्यान्डले आफ्नो लागि अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ११ खेलको जित कीर्तिमान बनाएको छ । न्युजिल्यान्डको यो क्रम वेस्ट इन्डिजविरुद्ध सबै खाले खेल ढाँचामा प्राप्त जितबाट सुरु भएको हो ।

घरेलु टिमसामु शुक्रबार वेलिङ्टनमा हुने अन्तिम खेल जितेर पाकिस्तानमाथि वान डे क्रिकेटमा हाइटवास गर्ने सम्भावना पनि छ । चौथो वान डेमा पाकिस्तानले पहिलोको तुलनामा राम्रो प्रदर्शन गरेको थियो । यसअघि पाहुना टिम ७४ रनमात्र बनाएर अलआउट भयो । पहिले ब्याटिङ गरेको पाकिस्तानले ११ रन बनाउँदासम्म २ विकेट गुमाएको थियो । यसले पाकिस्तानसामु फेरि सस्तैमा समेटिने डर उत्पन्न भएको थियो । तर मोहम्मद हाफिजले ८१ रन बनाएपछि टोली सम्माजनक स्कोर खडा गर्न सफल भयो । फखर जमन, ह्यारिस सोहिल र कप्तान सरफराज अहमदले अर्धशतक पूरा गरे । न्युजिल्यान्डविरुद्ध किशोर लेग स्पिनर शाद्दब खानले माथिल्लो क्रमका चार ब्याट्सम्यानलाई आउट पारे । यसले घरेलु टिम दबाबमा देखियो । त्यसयता ग्रान्डहोमको आक्रामक ब्याटिङ सुरु भएको थियो ।


प्रकाशित : माघ ३, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?