कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतीय टोली समस्यामा

एएफपी

सेन्चुरियन — दक्षिण अफ्रिकाका तीव्र गतिका बलरले सुरुआतमै लगातार विकेट लिएपछि दोस्रो टेस्टमा भारत समस्यामा परेको छ । घरेलु टोलीले टेस्टको चौथो दिन प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछयाइरहेको भारत दिनको खेल सकिँँदासम्म ३५–३ को स्थितिमा छ ।

भारतीय टोली समस्यामा

भारतका ओपनर मुरली विजय ९ रनमा छँदा कागिसो राबाडाको बलमा बोल्ड भए । त्यसपछि डेब्यू गरिरहेका लुंगी एनगिडीले लोकेश राहुललाई ४ तथा कप्तान विराट कोहलीलाई ५ रनमा आउट गरेपछि भारत २६–३ को स्थितिमा पुग्यो । भारतका लागि चेतेश्वर पुजारा ११ र पार्थिव पटेल ५ रनमा खेलिरहेका छन् । भारतलाई जित हात पार्न २ सय ५२ रन आवश्यक छ । उसको हातमा ७ विकेट छ ।

त्यसअघि दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा अलआउट हुनुअघि २ सय ५८ रन जोडेको थियो । अघिल्लो दिन क्रिजमा रहेका एबी डी भिलियर्स र डिन एल्गर दुवैले पहिलो सत्रमा अर्धशतक पूरा गरे । भिलियर्स ८० तथा एल्गर ६१ रन जोड्दै मोहम्मद सामीको बलमा क्याचआउट भए । मध्यक्रममा सम्हालिएर ब्याटिङ गर्दै कप्तान फाफ डु प्लेसिस ४८ तथा भेर्नोन फिलान्डरले २६ रनको योगदान दिए । भारतबाट सामीले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित : माघ ३, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?